धादिङको सिद्धलेकमा बिजुलीको आधा महशुल गाउँपालिकाले व्यहोर्ने

धादिङको सिद्धलेक गाउँपालिकाले पानी तान्ने क्रममा खर्च भएको आधा बिजुलीको महशुल बेहोर्ने भएको छ । ‘एक घर एक धारा’ अभियान अन्तरगत डिब बोरिङ वा लिफ्टििङ प्रविधिबाट पानी तान्ने क्रममा लाग्ने बिजुलीको महशुलको आधा रकम गाउँपालिकाले व्यहोर्ने अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिनुभएको छ ।

धादिङको नीलकण्ठ एफ.एमबाट प्रसारण हुने चर्चित कार्यक्रम ‘जनतासँग प्रमुख’ कार्यक्रममा बोल्दै उहाँले बिजुलीको आधा महशुल व्यहोर्ने घोषणा गर्नुभएको हो।आगामि आर्थिक बर्ष २०७८/७९ को बजेटमा उक्त कार्यक्रम लागु गरिने स्पष्ट पार्नुभएको छ । आफु निर्वाचित भएपछि सिद्धलेकमा खानीपानीमा धेरै काम गरेको भन्दै उहाँले स्वच्छ खानेपानी पिउनबाट कोहि पनि बन्चित हुन नपरोस भनेर काम गरेको समेत बताउनु भएको छ ।

बिजुलीको खर्च बढी लाग्ने भएको कारण नागरिकहरुलाई आर्थिक भार थपिएको भन्दै उहाँले आधा रकम गाउँपालिकाले व्यहोर्ने गरि कार्यक्रम ल्याउन लागिएको बताउनुभयो। सिद्धलेकमा ९० प्रतिशत भन्दा बढी खानेपानीको काम सम्पन्न भईसकेको छ । नागरिकहरुलाई स्थानीय सरकारको प्रत्याभुति हुने गरी आफुले काम गरेको भन्दै अहिले तीन वटा मुख्य सडकहरु पिच गर्ने कार्य सुरु भएको पनि बताउनुभयो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्