धादिङ,१९ साउन।
धादिङमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज जिल्लाको धादिङ अस्पतालमा १७, ज्वालामुखीमा ६, गंगाजमुनामा ५, त्रिपुरासुन्दरीमा ३, नीलकण्ठमा २, गल्छीमा २, धुनिबेशीमा १ जना र सिद्धलेकमा १ जनागरी जिल्लाका ३७ जनामा कोरोना पोजिटिभ देखिएको छ। सोमबार धादिङमा ५५ संक्रमित थपिएका थिए ।
यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ४९१ पुगेको छ भने जिल्लाको सक्रिय केश ४७३ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।आज जिल्लाका ३२ संक्रमित डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ७ हजार ८७५ पुगेको छ।
संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा ६ जना र होम आइसोलेसनमा ४६७ जना रहेका छन्। यसैगरी जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ।
जिल्लामा आज स्वाब संकलन भएको छैन भने जिल्लाभर १५९ एन्टिजेन परिक्षण मध्ये ३३ पोजिटिभ आएको छ।हाल जिल्लाका २९ जनाको पीसिआर नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।