त्रिशुलीमा बगेर ११ वर्षीय बालक बेपत्ता

त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बगेर एक बालक बेपत्ता भएका छन्।बुधबार दिउँसो  सिद्धलेक गाउपालिक–७ पिपलटारस्थित तल्लोगाउँ नजिकै साथीसँग पौडी खेल्ने क्रममा स्थानीय बिक्रम कँडेलका छोरा ११ वर्षिय राजकुमार कँडेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

पौडी खेल्न गएका २ जना मध्ये राजकुमार बेपत्ता भएको र उनको इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली र स्थानीयद्धारा खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।त्रिशुली नदिमा पानीको वहाव ठूलो रहेको र धमिलो भएकोले खोजी कार्यमा कठिनाई भएको प्रहरीको भनाई छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्