जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायसँग बजार अनुगमन,कारबाहीको प्रक्रिया तथा कोरानोकोे समयमा बजार अनुगमन कत्तिको उचित थियो त? समग्र विषयमा सहकर्मी रामकुमार थापाले गर्नुभएको कुराकानीको सम्पादित अंशः
१. बजार अनुगमन अहिले स्थगित हो कि गरीरहनु भएको छ ?
बजार अनुगमन निरन्तरता नै छ।१/२ दिन म जिल्ला बाहिर गएको कारण रोकिएको हो । धादिङमा मात्र होइन नेपालको हरेक जिल्लामा ३६५ दिन अनुगमन हुनुपर्छ जस्तो लाग्छ।किनभने हामी एक पटक गर्ने र छोड्ने अनि लामो समय पछि गर्ने गर्दा न त्यसले व्यावसायलाई फाइदा गर्छ न उपभोक्ताको हित गर्छ ।
अनुगमन कार्य निरन्तर हुनुपर्छ जस्तो लाग्छ । निरन्तर हुँदा धेरै कुरामा फरक पर्ने रहेछ। सबै व्यवसायीहरुलाई अनुगमनका जानकारी भइसकेको छ।अनुगमन जुनसुकै बेलामा आउन सक्छ, जुनसुकै बेला कारवाही पर्न सक्छौ भनेर सर्तक हुनुभएको छ। उपभोक्ताले राम्रो किसिमको उपभोग्य सामानहरुको प्रयोग गर्न पाउनु भएको छ। ठगी विस्तारै कम हुँदै गएको छ।त्यसैले हामीले यसलाइ निरन्तर गर्ने सोचमा छौँ। रोक्ने भन्ने सोचेको छैनौँ।
२.यसभन्दा अगाडि अनुगमन भयो तर अनुगमन कस्तो हुन्छ हजुर आएपछि देख्न पाइयो ।
अनुगमन यस्तो हुनुपर्छ भनेर देखाउनको लागि भन्दा पनि उपभोक्ताको स्वास्थ्यलाई कसरी राम्रो बनाउन सकिन्छ ।कसरी एउटा उपभोक्ताको अधिकारलाई स्थापित गर्न सकिन्छ,जति पनि मानिसहरुले व्यवसाय गरिरहनुभएको छ।त्यो व्यवसाय वास्तवमा कसरी गर्नुपर्ने रहेछ भन्ने कुराहरुको अनुभुति दिनको लागि हामीले गरेका हौँ।घरेलु कार्यलयको टोलि,उद्योग वाणिज्य संघ,पत्रकार साथिहरु र हामी दिन रात खटिएका छौँ ।
एकदिनमा १४ घण्टासम्म अनुगमन गर्न सबै टोलि हिँडेका छौँ । हामीले दुर्गम ठाउँमा गएका छौ भने एउटा दुइटा पसल हेरेर आउने भन्दा पनि सबैलाइ हेर्न सक्यो भने राम्रो हुन्छ।व्यवसायहरुले कहिलेकाही मेरो मा पसल अनुगमन गर्यो भन्न सक्नुहुन्छ।उहाँहरुलाई त्यो महसुस नहोस भनेर पनि सकेसम्म बढि सबै पसललाई समेटने गरी अनुगमन गर्ने गरेका छौँ।
त्यसले गर्दा समय अवधि लामो हुनसक्छ कार्यालयको काम सकेर टाढा जादा समय अभावले गर्दा १/२ मा पसल अनुगमन गर्नुपर्ने अवस्था आउछ।अहिले कोभिडको महामारी,निषेध आदेश छ।व्यवसायहरु पुर्ण रुपमा संचालन हुन सकेको छैन।यस्तो अवस्था जुनसुकै बेला जाने गर्नुपनि भएन ।व्यवसायहरु पिडामा छन् ।आतङिकत हुने अवस्था सिर्जना हुनसक्छ।हाम्रो उद्धेश्य भनेको बजार स्वस्थ हुनुपर्छ। उपभोक्ताको अधिकार सुनिश्चत हुनुपर्छ।
३. तपाईलाई धादिङमा बजार अनुगमन नै महत्वपुर्ण विषय हो भन्ने कसरी लाग्यो?
यो मलाइ मात्र होइन।काठमाडौँ आउने जाने गरेका जुनसुकै यात्रुलाई जुनसुकै व्यक्तिलाई जुन पृथ्वी हाइवे भएर हिड्नलाई यसको जानकारी छ।किनभने अधिकांस गाडिहरु रोकिने, खाजा, खाना खाने ठाउँ धादिङमै पर्छ । हामीले सरकारी तलब खाएर कामहरु गरीरहेका छौँ।त्यसको मनसाय निजामति सेवा बनेर जोड्छौ। सेवा भनेको जसले कुर्सीबाट टाढा रहेर,जागीरे मानसिकताबाट माथि उठेर,देश र जनताको सेवाको लागि के गर्न सकिन्छ त्यो सेवा हो जस्तो लाग्छ ।
धादिङमा बजार अनुगमनको गुनासो आउने गरेको, नागरिकहरु पिडित भएको क्षेत्र भएको कारणले यो क्षेत्रलाइ सकेसम्म राम्रो, व्यवस्थित बनाउने सोचका साथ बैशाख २८ गते देखि सुरु गरेका हौँ।बजारमा अनुगमन सुरु गर्दा निषेध आदेश जारी भएको थियो। कतिपय व्यक्तिहरुले अनुगमनलाइ रोक्नुपर्छ,यस्तो बेलामा गर्न पाइदैन भनेर सुरुका दिनहरुमा भन्नुभयो।
त्यो स्वभाविक पनि थियो ।तर त्यसको पछाडिको कारण भनेको बढी गुनासो आउने नै यतिखेर हो ।जतिखेर अभाव,कालोबजारी, ठग्न खोजिएको छ। सिमित अवधिका लागि बजारहरु खुलेका छन् ।यो बेलामा ठगिने सम्भावना बढेको मुल्यमा वृद्धि आएको गुनासाहरु नागरिकहरुबाट आउन थालेपछि हामीले आफुलाई जोखिममा राखेर भएपनि सामाजिकदुरी कायम गरेर, सकेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बैशाख २८ गतेदेखि सुरु गर्यौँ।हामीले ६६ दिनसम्म निरन्तर नै गर्यौँ।
त्यसले राम्रो सन्देश पनि दियो ।गाउँगाउँमा मान्छेहरु सचेत भए । गाउँजाने क्रममा त्यहाँका व्यवसायहरुले फलानो होलसेलबाट म्याद गएको नै पठाइदियो भन्ने पनि सुनियो ।हामीले कुराहरु, तर्कहरु, विचार, धारणा सबैका आ–आफ्ना हुन्छ सुन्न पर्छ।हामीले करिब २५ वटा गाडी सदमुकामबाट गएका विभिन्न किसिमका खाद्य सामाग्री बोकेका गाउँतर्फ जादै गरेका गाडिहरुलाई बिचबिचमा रोकेर हेर्यौँ । त्यहाँ भित्रका हरेक सामानका म्याद हेरेका छौँ ।
तर त्यस्तो किसिमको कही पनि भेटिएन ।उहाँहरु सर्तक भएर हो कि हामीले समय समयमा ठाउँठाउँमा गरेका छौँ ।गाउँमा सहरबाट पठाएको भन्ने आरोप थियो त्यो अहिले सम्म पुष्टि भएको छैन ।गाउँबाट पाएको सुचनाको आधारमा सदरमुकामा ठूला होलसेल पसल हेरेर त्यो अनुसार कारवाही पनि गरेका छौँ ।यो सूचना, गुनासोसँग जोडिने विषय हो।नागरिकले जति जानकारी,सूचना दिनुहुन्छ त्यसको आधारमा अनुगमन अझ प्रवाकारी हुने हो जस्तो हामीलाई लाग्छ।
४. एउटा व्यक्तिले चायो भने सिस्टम बसालेर धेरै क्षेत्रमा राम्रो प्रभाव जमाउन सक्ने गरी काम गर्न सकिदो रहेछ त ?
प्रयास सबैले गर्नुपर्छ।हामीले बजार अनुगमनको क्षेत्रमा निरन्तर अनुगमन गर्दा उपभोक्ता पनि सचेत हुनु भएको छ । हामीले धेरै ठाउँमा देखेका छौँ । एउटा उदाहरण दिन्छु, झापाबाट धेरै लामो समय पछि मलाइ फोन गर्नुभयो ।
अनि भन्नुभयो,तिमिलाइ धन्यवाद तिमीले नक्कली लाग्ने ब्राण्डहरु कुन गाउँमा भेटे भनेर एउटा फोटो पोष्ट गरेका थियौँ ।मैले गर्मीमा एउटा स्प्राइट खान खोजेको थिए । तिमीलाइ सम्झिए। नक्क्ली त होइन भनेर हेरेको नक्कली परेछ ।मैले खाइन भनेर भन्नुभयो।एउटा माहोल बनेको छ।
५.यसलाई सिस्टम बसाल्नको लागि आगामी दिनहरुमा कस्तो कदम चाल्नु पर्ला?
सहायक प्रमुख जिल्ला अधिकारीले बजार अनुगमन गर्ने भन्ने हरेक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्र भित्र पर्छ। उहाँहरुलाई अधिकार दिएको पनि छ । सिस्टम बसिसकेको अवस्था हो।त्यसलाइ निरन्तरता दिने कि नदिने समय परिस्थिति मिल्छ कि मिल्दैन। सहायक प्रमुख जिल्ला अधिकारीले यो भन्दा अरु अन्य महत्वपुर्ण जिम्मेवारी पाउनु भयो भने।
यद्यपी जिल्ला प्रशासन कार्यलयको कुनै प्रतिनिधि उपस्थिति भएर यसलाई निरन्तरता दिन सकिन्छ।घरेलु कार्यलयले पनि यसको व्यवस्थापनको पाटोहरु हेर्छ ।यो एकजनाले गरेर भन्दा पनि अहिले देखिदा तपाइहरुले मलाइ देख्नु भएको छ।संयोजक म भएपनि यसको पछाडि धेरै जना हुनुहुन्छ ।यो टिम वर्क हो।घरेलु कार्यलय, उद्योग वाणिज्य संघले हामीलाई एकदम सहयोग गरेको छ।धादिङ जिल्ला यस्तो एउटा जिल्ला होला जहाँ व्यापारीहरुले अनुगमनलाई यति सजिलोसँग ग्रहण गर्नुभएको छ ।
म आफै छक्क परेको छु। आजको मिति सम्म कुनैपनि ठाउँमा कुनै पनि व्यवसायीले अवरोध गर्ने, नाराजुलुस गर्ने अथवा विरोध गर्ने त्यस्तो किसिमको काम भएको छैन।उहाँहरुले यसबाट सिक्नु, बुझ्नु भएको छ।बजारलाइ राम्रो सुन्दर बनाउन पर्छ भन्ने धारणा उहाँहरुको पनि रहेछ ।
यसमा उद्योग वाणिज्यसंघको साथ रहेको छ।उपभोक्त संघसंस्था जति पनि छन् उहाँहरुले पनि साथ दिनुभएको छ। यो सबैको एउटा टिम वर्क भएको कारणले गर्दा यत्तिको सफल भएको हो।व्यक्ति म हुनसक्छु या भोलिअरु हुन सक्छ यो टिमले गर्ने काम हो ।यो निरन्तर हुनुपर्छ पक्कै हुन्छ पनि।
६. हाम्रा व्यवासायीहरु वास्तवमै निन्द्रामा हुनुहुन्थ्यो अथवा निदाको जस्तो गरेर व्यापार गरिरहनुभएको थियो ?
कतिपय व्यवसायहरुलाई धेरै विषयहरु जानकारी छैन।मैले अनुगमन गरीरहदा एउटा उदाहरणको लागि म कुनै हाइवएको पसलमा गएको थिए। एउटा मध्यम स्तरको पसल हो ।त्यहाँ एकजना दिदी हुनुहुन्थ्यो ।उहाँलाई मैले तपाईको मुल्य सुची खोइ भनेर सोधे ।उहाँले त्यो त हामीकहाँ पाइदैन भन्नुभयो ।मुल्यसुची भनेको उहाँको लागि कुनै एउटा सामान जस्तो लाग्यो।
यस्ता धेरै उदाहरणहरु छन्। कतिपय व्यवसायीमा व्यवसाय ज्ञान,जानकारी छैन।त्यसकारणले हाम्रो उद्धेश्य भनेको व्यवसायीहरु व्यवसाय गरीरहनु भएको छ।तर उहाँहरुलाई कारवाही गर्नु हाम्रो प्राथमिकता होइन।अहिले जिल्ला प्रशासन,कार्यालयले जुन अनुगमन गरीरहेको छ। हाम्रो प्राथमिकता होइन कारवाही होइन कम मात्रा कारवाही गरेका छौँ ।
सचेत गराएका छौँ ।उहाँहरुलाई लिखित रुपमा यो पुगेन भनेका छौँ।राम्रो जस्ले गर्नु भएको छ, उहाँलाइ मैले आफैले राम्रो छ तपाइको पसल भनेर लेखेर दस्तखत गरेर दिएको छु। राम्रो कुरालाइ राम्रो भनेका छौँ नराम्रो कुरालाइ सुधार्नुस भनेका छौँ । कारर्वाही गर्नैपर्ने, लापरवाहीको हद भएको ठाउँमा कारवाही गरेका हौँ।धेरै ठूलो कारवाही पनि भएको छैन।हामीले व्यवसायहरु सुध्रने अवसर होस् सुध्रिनुपर्छ ।यो क्रमिक रुपमा सुधारगर्नुपर्छ।
आज एकैचोटि गरेको कारवाहीले मैले ठूलो कारवाही गरे भने भोलि त्यसलाइ फेरी गएर हेरिएन भने त्यो अनुगमनको पनि अर्थ हुदैन। त्यसकारण सुध्रिने,सुधार्ने पाटोबाट हामीले हेरेका छौँ।त्यसलाई अझ राम्रो गर्ने गलत व्यवसायलाई निरुत्सान गर्ने हिसावले गरेका छौँ ।व्यवसाय अनविज्ञताका कुराहरु, जानकारी नहुने कुराहरु यस्ता धेरै पाउका छौँ।उपभोक्ता वर्गमा अनुरोध भनेर एउटा सुचना जारी गरेको छु। त्यसैगरी व्यवसायी वर्गमा अनुरोध भनेर व्यवसायीले के–के गर्नुपर्ने होत ? के–के गर्नुपर्ने रहेछ त? भनेर जस्तो मुल्य सुची राख्ने, साइनबोर्ड राख्ने, खाद्य र अखाद्य वस्तु छुटाछुटै राख्ने, समयमा नविकरण राख्ने।
बिलबजकको प्रयोग गर्ने, बिल लिने पनि बिल दिने पनि त्यही संस्कारको विकास गर्ने यो कुराहरु कतिलाई जानकारी नै छै ।कतिपय पसलहरु बिल छाप्नु पनि भएको छै ।एउटा चरौदितिरको घटना हो,हामी एउटा पसललाइ अनुगमन गर्न गयौँ। त्यो पसलमा सबै कुरा मिलेको रहेछ तर बिल रहेनछ ।आज हामी अनुगमन गर्न गएका थियौँ हिजो मात्र हतार हतार बिल छापेर ल्याउनु भएको रहेछ।त्यो पनि एउटा चेतना हो । यो अनुगमनले मान्छेलाई सचेत पनि गराएको छ । उपभोक्ताहरु पनि सचेत हुनुभएको छ ।
७.हामीले नुन देखि सुनसम्म एउटै पसलमा देख्छौ, त्यसरी राख्दा मापदण्ड पुरा हुने देखिदैन नि ?
त्यो सहरमा भन्दा गाउँमा अलि बढि छ । कतिपय ठाउँमा एउटा मात्र पसल छ। त्यहाँ विकल्प पनि छैन।अर्को व्यवसायीले व्यवसाय संचालन गर्नुभएको छैन भने विकल्प पनि छैन।त्यस्तो ठाउँमा हामीले २/३ वटा पसललाइ कारवाही गरेका छौँ । केही ठाउँमा दर्ता गर्नुस भनेका छौ।भेटेरीनरी, खाद्यान्न, स्टेशनरी, हार्डवेयर र फेन्सीहरु यो सब एकै ठाउँमा पनि भेट्यौँ।
त्यो पसलाइ कारवाही पनि गर्यौँ । उहाँले इन्टरप्राइजेज भनेर दर्ता गर्नु भएको रहेछ तर इन्टरप्राइजेज भइसकेपछि जे पनि गर्न पाइन्छ भन्ने किसिमको सिकाई र बुझाई पनि रहेछ, त्यस्तो पाइदैन।जे कामको लागि दर्ता भएको त्यही काम मात्र गर्ने हो ।उहाँलाई हामीले कारवाही पनि गर्यौँ ।त्यसको केही दिनभित्र आएर घरेलुमा दर्ता पनि गर्नुभयो ।कारोवार थप्नुभयो । अनुगमन चलीरहेको छ सुधार भएको जस्तो लाग्छ ।
८.हजुरहरु एउटा कानुनी कार्यान्वयनको नेतृत्वकर्तामा हुनुहुन्छ,तर स्थानिय तहको भुमिका त देखिएन नि ?
हामीले अनुगमन गर्ने क्रममा केही स्थानिय तहहरुले अनुगमन गर्नुभएको छ। हामीले देखेका छौँ।अहिले अनुगमन गर्ने मुल जिम्मेवारी स्थानीय तहको हो।एउटा उदाहरण दिन चाहन्छु, नेत्रावती डबजोङ गाउँपालिकामा म जानु भन्दा अगाडि अनुगमन भएको रहेछ।केही ठाउँमा कारवाही पनि गर्नुभएको रहेछ।
उहाँहरुले कारवाही गर्न नसकेको ठाउँमा समय मिलेर होला हामी गएर कारवाही गरेका थियौँ ।त्यसैगरी गंगाजमुना गाउँपालिमा पनि अनुगमन भएको रहेछ।त्यहाँ पनि कारवाही गरिएको पाइयो ।गजुरी, गल्छीमा पनि अनुगमन भएको पायौँ ।अनुगमन नै नभएको होइन तर नजिक भएपछि उहाँहरुलाई कारवाही गर्न पनि गाह्रो। अनुगमन गर्नुभएको छ तर त्यती प्रभावकारी नभएको हो ।
९.उपभोक्ता संरक्षण ऐन २०७५ ले उपभोक्ता अधिकारको व्यवस्था गरेको छ, हामी सबैले यसलाई जनचेतनाका हिसावले लाने हो भने धेरै सुधार आउला जस्तो देखिन्छ ?
त्यहाँ भएका व्यवस्थाहरु नागरीकको हितको लागि उपभोक्ताको अधिकार सुनिश्चित गर्नको लागि हुन् ।त्यहाँ तपाइले के किनिरहेको छु भन्ने जानकारी देखि स्वास्थ्य असर गर्यो भने क्षतिपुर्ति पाउने उपचारका कुराहरु समेत उल्लेख भएका छन्।यसको लागि सचेतना नै महत्वपुर्ण कुरा हो।उपभोक्तालाई ति कुराहरुमा सचेत गराउनुपर्छ ।
सचेत कसरी गराउने भन्दा विभिन्न माध्यमबाट त्यो व्यवसायीले आफनो पसलको बाहिर उपभोक्ताका अधिकारहरु यी हुन् भनेर उल्लेख गरिदिए पनि त्यसबाट धेरै कुराहरु जानकारी हुनसक्छ। स्थानीय तहहरुलाइ यसको अधिकार आएको छ।विभिन्न किसिमका सुचनाहरु सन्देशहरु उँहाहरुले प्रवाह गर्नुभएको खण्डमा पनि सकारत्मक असर पर्छ जस्तो लाग्छ।
मुख्य कुरा भनेको गुणस्तरका कुराहरु, मुल्यका कुराहरु, म्यादका कुराहरु यति मात्र हेर्ने बानिको विकास र अर्को बिल,यी चार वटा कुराहरु मात्र गर्न सक्यौ भने धेरै सुधार हुन्छ जस्तो लाग्छ। हामीले गाउँगाउँमा अनुगमन गर्न जादा अनुगमन टोलि गएपछि धेरै मान्छे आउनु हुन्छ, बाहिरबाट हेर्नुहुन्छ ।
मैले कहिले काही त्यहाँ उपभोक्ता मध्येबाट एकजनालाई ल्याएर कसैलाइ म्याद हेर्दिनुस् भन्छु ।त्यो चेतनाका हिसावले भनेको हो।कतिपय ठाउँमा हामी सामाजिक दुरी कायम गरेर बसेर उहाँहरुलाइ कक्षा पनि लिएका छौँ। उद्योग वाणिज्य संघका साथीहरुलाई त्यहाँ राखेर उहाँहरुले समेत कक्षा लिनुभएको छ ।हामी सबै लागिरहेका छौँ यसले धेरै सुधार हुन्छ जस्तो लागेको छ ।
१०.अवैध रुपमा संचालनमा रहेका,उपभोक्ताको जनस्वास्थ्यलाई लापरवाई गरेर जुन वस्तुहरु निर्यात हुन्छ त्यसलाइ रोक्न के गर्नुपर्ला?
यसको लागि अलि ठूलो कदम चाल्नुपर्छ ।नियमनलाइ अझै बढाउनपर्छ जस्तो लाग्छ ।खाद्यपदार्थहरु आधिकारीक कम्पनीबाट उत्पादन भएका हुन् कि होइनन् ? तिनिहरुको कम्पनी कहाँ छ?कुनैपनि उत्पादनमा लेबल हुन्छ ।त्यसको दर्ताका कुरा हर्नुपर्छ लेबलमा त्यो कुराहरु छन् कि छैनन्। मैले एउटा दुईवटा कम्पनीलाई फोन गरे कम्तीमा १५ चोटि दुई दिनसम्म फोन गरे तर फोन उठेन।चितवनको कुनै भुजाको उत्पादन थियो।त्यसमा लेवल थिएन।मलाई लाग्यो हामी सरकारी कार्यालयलाई मात्र गालि गर्छौँ ।
तर समसया त सबै ठाउँमा रहेछ ।उपभोक्ताको स्वास्थय प्रति त्यसले खेलबाड गर्यो। त्यस्ता कुराहरुलाइ तुरुन्तै कारवाही गर्न सक्ने बनाउन सक्यौँ भने।मैले यो विषयमा दुईतिन वटा जिल्लासँग समन्वय पनि गरीरहेको छु।केही उत्पादनहरु तपाईले मार्केटमा सुनिरहनु भएको छ सफ्ट ड्रिन्कसका कुरा रङ, बोतलको बनावट सबै उस्तै होकी जस्तो लाग्ने।कैलाली, रुपन्देही र झापाबाट उत्पादन हुने रहेछ । हामीले ती जिल्लाका जिल्ला प्रशासन कार्यहरुलाइ समन्वय गरीरहेका छौँ।
फलानो उदपादक आधिकारीक हो कि होइन? नियम अनुसार दर्ता भएर संचालन भएको होकि होइन? हामीले हरेक कुराहरु हेरिरहेका छौ । मापदण्डहरु पुरा गरेको छ कि छैन? त्यो कुरा सम्बन्धित जिल्लाले पनि हेर्यो र अलि व्यवस्थित गर्न सक्यौँ भने नक्कली उत्पादनहरु गाउँगाउँमा पुग्ने छैनन्।उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्नबाट न्युनिकरण गर्न सकिन्छ जस्तो लाग्छ ।
११.एकजना साथीले हाइवेमा खाजा खानुभएछ, बिल तिर्दा महङ्गो लाग्यो।हेलो सरकारमा निवेदन दिनुभयो,त्यसको केही समय पछि हजुरले स्वएम व्यक्तिलाई फोन गरेर त्यो पसललाइ १० हजार कारवाही गरेको छौँ भनेर फोन गरेर भन्नुभयो रे ।त्यसरी भन्न पाउँदा गर्वले छाती ठूलो हुन्छ जस्तो लाग्छ,भएन ?
त्यो स्वभाविक रुपमा हो । किनभने म त नागरीकको,जनताको सेवा गर्नको लागि आएको हो र यो जिम्मेवारी पाएको हो।कसैले गुनासो गर्छ भने त्यो गुनासोको सम्बोधन गर्नुपर्छ ।व्यक्तिले त्यसै गुनासो गर्दैन।उ पिडित हुन्छ उसलाई पिडा महसुस भएको हुन्छ ।हामीले अभिभावकत्व त्यतिबेला दिन सकेनौ भने हामीले त्यो कुर्सीमा बस्नु र जिम्मेवारी पुरा गरेको जस्तो गर्नुमा अर्थ छैन।कतिपय ठाउँमा हामीले सक्दैनौँ त्यो आफनो ठाउँमा छ ।
नसक्ने कुराहरुलाइ पनि प्रयास गर्नुपर्छ । हामी कहाँ लिखित रुपमा उजुरी धेरे कम मात्रामा आउँछन् ।हामीप्रति आशावादी नभएर पनि हो ।निवेदन दिएर के हुन्छ र ?मैले किन समय खर्च गर्ने भन्ने पनि मान्छेलाइ लाग्न सक्छ्।मेरो अफीसिएर नम्बरहरु फेसबुक पेजमा राख्छु सार्वजनिक गर्छु ।तर गुनासोहरु कमै मात्रामा आउने गरेको छ।आएको जतिलाइ हामीले सम्बोधन गछौँ।
१२.यो कारवाही गरीरहँदा मेरो मिलाएर गर्नुपर्यो भनेर त्यो खालको प्रेसर आउँछ कि आउँदैन ?
प्रेसरका कुरा कुनै क्षेत्रबाट,कुनै व्यक्तिबाट दबाबका कुराहरु अहिलेसम्म अनुभुति गर्नुपरेन ।मैले मेरो लागि अनुगमन गरेको होइन।मैले त यो जिल्लाको लागि यहाँका उपभोक्ताका, समाजका लागि अनुगमन गरेको हो ।त्यसकारण अहिलेसम्म आएको छैन ।अर्को कुरा हामीले कसैलाई दबाब दिनु पर्नेगरी,त्रसित हुनुपर्नेगरी,भाग्न नै पर्ने गरी कारवाही गरेका छैनौँ।
मैले व्यवसायहरुलाई कतिपय ठाउँमा तपाइले गल्ति गर्नुभयो तपाइ कारवाही को भागिदार त बन्नै पर्छ।कति जरिवाना गरौँ आफै भन्नुस पनि भनेको छु ।किनभने गल्तिको स्वीकार गर्नु ठूलो कुरा होनी।त्यसैले अहिलेसम्म कुनै पनि व्यवसायीले दबाब पेसर गर्ने कामहरु गर्नु भएको छैन।
१३. त्यस्तो जोखिमको बेलामा नजानु भनेर परिवारले भन्नुभयो कि भएन ?
धेरैले भन्नुभयो,हाम्रो टिममा भएको साथीहरुबाट पनि अब छोड्ने कि भन्ने कुराहरु पनि आए ।तर पनि हामीले निरन्तर राख्यौँ ।यो निरन्तरताको आवश्यक थियो ।
१४.हजुर धादिङबाट अन्यत्र जाँदा पछि आउने व्यक्तिले पनि फेरी यसैगरी अनुगमन गर्ने सिस्टम बसालेर जाने केही सोच्नुभएको छ ?
बजार अनुगमन गर्दा के–के कुराको अनुगमन गर्ने भनेर हामीले छुटै र्फम डेभलप गर्यौ।त्यसलाइ छुटै फरम्याटमा राखेका छौँ ।हामीले जति पसलको अनुगमन गरेका छौँ हरेक पसलको चेकलिष्ट बनाएका छौँ।हामीसँग सबै डाटा छ।भोलिका दिनमा आउने अनुगमन टोलिले अनुगमन गर्न जाँदा त्यही चेकलिष्ट लिएर जाने हो। सिस्टम बसिसक्यो।अहिलेको अनुगमन गर्दा हामीले जति मेहनत गरेका छौ अब अनुगमन गर्न जादा एकदम सजिलो हुने वाला छ।
नियम के छ भने अहिले कारवाही गरेका लाई अर्को पट दोब्बर भएर जान्छ ।यसमा व्यवसायहरु पनि सचेत हुनुपर्छ । हामीले बजार स्वस्थ राख्ने प्रयास गरीरहेका छौँ।अझ धेरै कुराका थिति बसाल्नका लागि तयारी गरीरहेका छाँै।पहिले अनुगमन टोलिलाइ देख्दा भाग्ने प्रविधि थियो भन्नुहुन्छ ।तर आजका मितिसम्म हामीले अनुगमन गर्ने क्रममा १/२ पसलमा मा लागु भएको छ।जहाँ लागु भएको छ त्यहाँ हामीले भोलिपल्ट, पर्सिपल्ट अथवा एकहप्ता पछि गएर भएपनि अनुगमन गरेका छौँ।
अहिलेको अवस्थामा त्यसरी भाग्न खोज्ने एउटा पसललाइ राति ८ बजे गएर कारवाही गरेका छौँ।हामी सामान्य तरीकाले प्रस्तुत हुन्छौँ ।हामी अनुगमन गर्न गएको अनुगमन २४ घण्टा गर्न सक्ने अधिकार सहायक जिल्ला प्रमुख अधिकारीलाई दिएको छ।त्यो अनुगमन गर्ने क्रममा पसललाई शिल गर्ने देखि लिएर खानतलासी गर्ने हरेक अधिकार दिएको कारणले गर्दा जुनसुकै बेला गर्न सक्छौँ।त्यसरी भागेर उम्केर जाने अवस्था छैन।
हामीले टिर्सटहरु,टोपीहरु बनाएका छौँ।टाढै बाट अनुगमन टोलि भनेर सबैलाई जानकारी हुन्छ। म संयोजक हु भने संयोजक नै लेखिएको छ ।व्यक्तिले पनि कस्ले कारवाही गर्यो भनेर चिन्न पाउन पर्यो।कतिपय ठाउँमा मेले मेरो परिचय पनि दिने गरेको छु। यसलाइ अझ व्यवस्थित गर्नुपर्छ।कतिपय कुरा सुधार गर्नुपर्ने होला।त्यो कुरा विस्तारै क्रमिक रुपमा सुधार गर्दै लानुपर्छ।यो सिस्टमलाइ अझ राम्रो बनाउने प्रयासमा छौँ।
१५.हामी कार्यक्रमको अन्तिम समयमा छौँ। अन्त्यमा धादिङमा अथवा धादिङ बाहिर रहनुभएका आम नागरिकहरुलाई तपाईको भनाइ के छ ?
बजार अनुगमन हामीले निरन्तर रुपमा गरिरहेका छौँ ।अनुगमन भनेको हरेक व्यक्ति सचेत हुने हो भने वर्षमा एकचोटि आफनो घरको हरेक कुरा हेर्नुस्। बाथरुम देखि किचन सम्मका हरेक चिज हेर्नुस म्याद भएको नभएको।घरमा अहिले पनि म्याद गएका फाल्नु पर्ने सामानहरु हुनसक्छ।बजारबाट कुनै चिज किनेर ल्याउँदा त्यसको मुल्य,म्याद र गुणस्तर हेर्ने यति मात्र काम गर्नु भयो भने उपभोक्ता स्वास्थ्यमा धेरै सुधार हुनसक्छ ।हामीले गुनासो गर्ने संस्कारको विकास गर्नुपर्छ।
आफु ठगिएको अनुभुति भएको खण्डमा तुरुन्त गुनासो गर्ने।गुनासोमा गरेर भएन मेरो गुनासो के भयो भनेर कहाँ पुग्यो भनेर फलोअप पनि गर्नुपर्छ।उपभोक्ता स्वास्थ भनेको धेरै महत्वपुर्ण कुरा हो।हामीले पैसा पनि तिर्ने ठगिने,गुणस्तरहिन सामानको प्रयोग गर्नुपर्ने भनेको बिशुद्ध रुपमा यो भन्दा ठूलो अपराध केही पनि हुँदैन।त्यसैले व्यवसायी जति पनि हुनुहुन्छ,तपाईले व्यवसाय गर्दै हुनुहुन्छ भने असल नियतका साथ अनुचित तरीकाले कुनै पनि काम नगरी दिनुहोस्।
उपभोक्तालाई बिक्रि गर्नुपर्ने चिज राम्रो मात्र बिक्रि गरिदिनुहोस्।जुन म्याद गएका सामान छन् फिर्ता गरीदिनुहोस्।तपाइको अधिकार हो फिर्ता गर्न पाउनुहुन्छ।उपभोक्तालाई स्वास्थ्यकर सामानवस्तु बिक्रि गर्ने प्रतिबद्धता गरीदिनुहोस्।व्यवसायलाई राम्रो मयौदित बनाउने प्रयास गरीदिनुहोस् ।यति भन्न चाहनछु र सरकारले जति पनि मापदण्ड तपाईहरुका लागि दिएका छन्।ति मापदण्डहरुको पालना गर्नुस्। उपभोक्ताको अधिकार सुनिश्चत गर्नको लागि हामी सबैले आफनो ठाउँबाट पहल गरौँ,धन्यवाद।