पालिकाको कभर्डहल यही आर्थिक वर्षमा सम्पन्न हुन्छ: अध्यक्ष रण बहादुर तामाङ

खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङसँग रामकुमार थापाले गर्नुभएको कुराकानीको सम्पादित अंशः

१.यस आर्थिक वर्षको निती तथा कार्यक्रम र बजेटमा हामीले कस्तो विषय वस्तुहरु समेटेका छौँ ? थोरै बताइनिुहोस् न ।

हामीले यस आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाइ प्राथमिकतामा राखेर काम गरेका छौँ । त्यसपछि पुर्वाधार, शिक्षा लगायतका विषयमा बजेट विनियोजन गरेका छौँ । 

२. अब खनियाबास गाउँपालिकाले कोरोनाको रोकथाम तथा न्युनिकरण गर्नको लागि तेस्रो लहरमा कसरी पुर्व तयारी गर्ने कोसिस गरीरहेका छौँ ?

हामीले प्रत्येक वडामा क्वारेन्टाइनको व्यवस्थापन  गरेका छौँ।तयारी रुपमा हरेक स्वास्थ्य कार्यलय र ग्रामीण अस्पतालमा ४ वटा बेड छ।आइशोलसनको लागि बाँकी छ । साविकको झार्लाङ र वरपरका स्थानमा गत वर्षकै स्थानमाहरुमा क्वारेन्टाइन तयारी अवस्थामा रहन्छ।हाम्रो ग्रामीण अस्पतालमा २४ सै घण्टा सेवाहरु उपलब्ध गराएको छ।२ जना एमबीबीएस डाक्टरहरु हुनुहन्छ ।खनियाबास गाउँपालिकावासी आफनै पालिकामा उपचार गर्न पाउन भनेर व्यवस्था गरेका छौँ। 

३. पहिला हामीले बनाएका क्वारेन्टाइन स्थल,भवनहरु अब तेस्रो लहर आउदाँ फेरी क्वारेन्टाइन बनाउन सक्छौ कि सक्दैनौँ ? 

सक्छौँ,गत वर्ष भन्दा यसपालि हामीसँग स्वास्थ्यकर्मीको टिम पनि थपिएको छ ।  क्वारेन्टाइनको लागि गत वर्षमा भएको ठाउँमा बनाउँदा कुनै समस्या छैन । यसपालि अलि खुल्ला भएको कारण धेरै जना संक्रमित भइसकेका छन् । कोही निको भइसकेका छन् भने कोहीको मृत्यु पनि भएको छ । 

४.खनियाबास गाउँपालिकामा वैकल्पिक शिक्षालाई कसरी अगाडि बढाउन सकिएला ?

कोभिडको लहर लम्बिरहयो भने हामीले अनलाइन मार्फत पढाइ सुचारु गर्ने भनेर नेटको लागि बजेट विनियोजन गरिसकेका छौँ।जसरी हुन्छ अनलाइन मार्फत पढाउने व्यवस्था गर्दैछौँ।शिक्षाको लागि जिरो लेबल देखि स्नातकतहसम्मका लागि हुनेगरी एक  कार्यक्रम घोषणा गरेर बजेट विनियोजन गरीसकेका छौँ । कुनै पनि हालतमा स्वास्थ्य र शिक्षाबाट गाउँपालिका बच्चाहरु र गाउँवासीहरुको लागि चुस्त दुरुस्त सुविधा दिने गरी बजेट विनियोजन गरेका छौँ। 

५. अब ८/९ महिनाको अबधिमा अहिले विनियोजन गरेको बजेटलाइ काम गर्नको लागि कत्तिको चुनौतिहरु छन् ?

त्यसको लागि हामीले तयारी गरिसकेका छौँ।भौतिक पुर्वाधार तर्फ ७ वटा सडकलाई भदौको पहिलो हप्ताबाट स्टमेट गर्नेछौँ।बाँकी अन्य विषयलाइ पनि कार्यन्वयन गर्ने पक्षमा लागिरहेका छौँ। 

६.४ वर्षको अवधिमा जुन तरीकाले विकास भएको छ,मुल्याङकन गर्नुपर्दा कसरी लिनु भएको छ ?

आफुले गरेको आफुले नै भन्नु भन्दा पनि हाम्रो स्वमुल्याङकन सुचकमा ६१.५ प्रतिशत आएको छ।खनियावास गाउँपालिका कुन गतिमा रहेछ भन्ने त्यो सुचाङकले देखाएको छ।विकासको मेरुदण्ड भनेको सडक हो।पालिका भित्र अहिले १२ महिना गाडि चलाउन सहज होस भन्ने तर्फ लागिरेका छौँ।यसपालि हामीले वडा नं १/२ बाहेकको ३, ४, ५ मा १२ महिना गाडि संचालन गर्न पनि सफल भएका छौँ। मान्छेलाइ सक्षम बनाउन समय लाग्दो रहेछ।बाँकी कुरा समग्रमा केही कमजोरीहरु पनि छन् र केही अन्य भन्दा राम्रो पनि भएको छ  ।

७.संघ र प्रदेशले पालिकाको विकासमा कत्तिको सहयोग गरीरहेको छ ? 

यसपालि हामीले संघ र प्रदेश गरेर लगभग ८/१० करोड बजेट पार्न सफल भएका छौँ।संघसँग त केही गुनासो छैन तर प्रदेशको बजेट कार्यकर्ताको सिफारिस  अनुसार मान्यज्युहरुले बाँडिदिनु हुन्छ हामीसँग समन्वय गर्नुहुन्न।प्रदेशको जति पनि बजेट हुन्छ हामीसँग समन्वय नभईकन बाँडिदिनुु हुन्छ।

बाँकी हामीले जुन योजना बनाएर संघमा पेश गरको छौँ समपुरक अनुदान, विषेश अनुदान १८ वटा पठाएका छौ।१८ वटा मध्ये १० वटा जति परेको छ ।आउँदो दिनहरुमा हामी यहि पोष्टमा रहीरह्यौ भने अथवा अन्य साथीहरु आउँदा पनि प्रदेशले स्थानिय सरकारसँग सहाकार्य गरेर अगाडि बढ्नु भयो भने दुबै पक्षलाइ राम्रो हुन्छ । 

८. त्यहाँको स्थानिय सरकार प्रमुखसँग समन्वय नगरीकन आएको विकासको बजेटले त त्यति प्रभावकारी होला जस्तो लाग्दैन,कसरी लिनु भएको छ ? 

४ वर्षको अवधिमा विनियोजन भएर आएकोमा २५ प्रतिशत काम भएका छन् । हामीसँग नियम बाधिएको हुन्छ।कतिकुरा पेलेर पनि काम गराउन पर्ने अवस्था हुनछ ।त्यसमा एकदमै आपत्तिजनक रहन्छ। 

९. पहिरोको जोखिममा रहेका नागरीकहरुको सुरक्षाको लागि पुर्नस्थापना गर्नको लागि के गर्न सकिएला ? 

यो पालिकाको क्षमता भन्दा बाहिरको कुरा हो।मैले के काम गर्न सक्छु भने जति पनि पहिरोमा रहेका वस्ति ३ र ४ मा पर्छ।जानकारी गराउदा पनि संघ र प्रदेशबाट  केही भएन।यसपालि म आफै गएर के के गर्न पर्छ त्यो गर्ने पक्षमा छु। 

१०. पालिका भित्र नयाँ सडक विस्तार गर्नु पर्ने,ट्रयाक खोल्नुपर्ने अवस्था छ कि छैन ? 

दुर्भाग्यवश हाम्रो वडा नं २ को ४ वटा ठाउँमा सडक जोडएको अवस्था छैन। लगातार हामीले २ वर्ष बजेट विनियोजन गरेर हालिसकेका छौँ।टेन्डर हुन्छ तर एकदमै ढिलो टेन्डर हाल्दिने गर्दाले मिलिरहेको छैन।सुरु गरेको ३ वर्ष भयो।तर पनि सोचेको जस्तो प्रगति हुन सकेको छैन।अर्को वडा नं ३ को एउटा सानो ट्रयाक छ त्यो बाहेक अरु नयाँ ट्रयाक खोल्ने प्लान छैन।सबै सडकलाई स्तर उन्नति गर्दै यातायात संचालनमा आउन सक्ने बनाउने प्लानमा छौँ । 

११. यो वर्ष भौतिक संरचना निमार्णको लागि धेरै प्राथमिकता दिनुपर्दैन होला ?

हाम्रो पालिकाको कभर्डहल यही आर्थिक वर्षमा सम्पन्न हुन्छ।समपुरक कोषमा हाम्रो ४ करोड ३८ लाख रुपैया छ।८ करोड ७६ लाख हाम्रो ४ वटा सडकमा खर्च हुन्छ। बाँकी अरु स्तरउन्नति गर्नुपर्ने अवस्था छ। 

१२. पालिका भित्रको ब्लक भएका बाटाहरु दशै अगाडि सफा गर्ने योजना के छ ?

हामीले वडा/वडामा बजेट पनि विनियोजन गरिसकेका छौँ।मेन बाटो पालिकाले मेसिन प्रयोग गरेर सफा गर्छौँ।किन्ताङ खोला पुल नभएको कारण अप्ठ्यारो छ वारी पारी गर्न सक्ने अवस्था छैन।हाम्रो एम्बुलेन्स नुवाकोट भएर संंचालन भइरहेको छ । 

१३. खनियावास गाउँपालिकामा पर्यटकिय क्षेत्र विस्तार गर्नको लागि या पर्यटन भित्राउनको लागि कस्ता योजना बनाउनु पर्ला?

खानियावासले मात्र चाहेर भएन।उत्तरी क्षेत्रको खनियावास, गंगाजमुना र रुविभ्यालि यो ३ वटा गाउँपालिका आफनै किसिमको गुरुयोजना चाहिने थियो।त्यो हुन सकिरहेको अवस्था छैन।

गंगाजमुना र रुविभ्यालिका प्रमुखहरुसँग मैले कुरा राखेको छु।मैले यसपालि आफनै किसिमको धेरै थोरै बजेट विनियोजन गरेर गुरुयोजना तयार गर्दै छु।म पर्यटन मन्त्रालय गएको थिए सिङ्गला क्षेत्रलाइ बजेट विनियोजन गरेर राखेको छ भन्नुभयो।पालिकाको थोरै पैसाले भौतिक पुर्वाधार हरेक कुरा जोड्नुपर्ने नसक्ने हुनाले गुरुयोजना बनाउने भनेर बजेट विनियोजन गरेको छु । 

१४.पालिका भित्र तपाईले चाहेर पनि विविध कारणले गर्न नसकेका कामहरु केही छन् ?

मैले सोचेको जस्तो वातावरण सम्बन्धि काम गर्न पाएको छैन।अहिले गत वर्ष देखि सुरु गरेको छु।वन नर्सरी व्यवस्थापन, तालिम व्यवस्थापनहरु गरिरहेको छु। 

१५. वैदेशिक रोजगारको पलायन कमहोस भन्ने हिसावले तालिमहरु पनि चलाउनु भएको छ । कत्तिको प्रभावकारी देखिएको छ त्यो तालिम ?

सबै तालिमहरु एकदमै प्रभावकारी भएको देखिएको छ।ढाका बुनाइपनि प्रभावकारी भएको थियो।तर केही वर्ष अगाडि दुनाटपरीको पनि बुनाइ थियो त्यसले चै फड्को मारेन।युथ फाउन्डेसन र उल्कापरी संस्थाले पनि बजेट विनियोजन गरेर कारपेन्टर र इलेक्ट्रिसियनको तालिम दिएको थियो।रोजगारी पनि पाएका छन् स्वरोजगार पनि भयो कोहीले जागिर पनि पाएका छन्।यही वर्ष पनि हाम्रो उद्यमशिलता अन्तरगत व्याज अनुदानको लागि बजेट विनियोजन गरेका छौँ। 

१६. पालिका भित्र कृषिको सम्भावना कत्तिको देख्नु भएको छ ? 

हाम्रो गाउँपालिकामा अहिले दुइ वर्ष देखि टनेल उत्पादन खेती, गोलभेडा उत्पादन खेती सुरु भइसकेको छ।झार्लाङको आलु क्षेत्र घोषणा गरेर कृषि ज्ञान केन्द्र बाट आएको बजेट पठाइसकेका छौँ ।२,३ र ५ नं वडामा टनेल उत्पादन खेती, गोलभेडा उत्पादन खेती सुरु गरीसकेको छ।लगभग ५०० वटा टनेल छन्।त्यसलाइ डबल बनाउने प्लानमा छौ।यहाँ उत्पादन भएका तरकारी कुनै धादिङ जान्छन्,कुनै पोखरा, कुनै कृषि विकासमा जान्छन् ।

आधुनिक खेती, कृषि र पशुपालनमा अगाडि बढेको अवस्था छ । हामी कहाँ एक जना खाद्यान्न,एक जना कृषि कर्मचारी छन् । हामीसँग जनशक्ति नै छैन।यो जनशक्ति अभाव हुनबाट वन्चित नहोस भनेर हेफर इन्टरनेश्नल संस्थासँग उहाँहरुको व्यवस्थापनमा र पालिकाको लगानीमा तयार गरेर काम गरिरहेका छौँ।अर्को एउटा लिभट भन्ने संस्था छ।यो दुई वटा संस्था र पालिका मिलेर कही परिवर्तन आउला भनेर अगाडि बढेका छौँ । 

१७. अन्त्यमा देश प्रदेशमा रहनु भएका खनियावासवासी के भन्न चाहनुहुन्छ ?

देश,प्रदेशमा रहनुभएको खनियावासवासीहरुलाई यो गाउँपालिकामा भएका जति पनि विकास, शिक्षा, स्वास्थ्यका कुरा के कस्तो हाम्रो पालिकाको वेभसाइटमा दिनुहोला।खनियावास गाउँपालिका कुनै गाउँपालिका भन्दा कम छैन। धेरै किसिमका श्रोतहरु छन्।त्यसलाइ विस्तारै सुरु गर्दै छौँ। सल्लाह र सुझावको अपेक्षा राखेको छु,धन्यबाद।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्