धादिङका पाँच हजार ४८२ ले लगाए भेरोसेलको पहिलो मात्रा


धादिङका पाँच हजार ४८२ जनाले कोरोना भाइरसविरुद्धको भेरोसेलको पहिलोे मात्रा लगाएका छन्।असोज ७ गतेदेखी जारी खोप कार्यक्रम अन्तर्गत जिल्लामा शनिबारसम्म पाँच हजार ४८२ ले भेरोसेलको पहिलो मात्रा र २३६ जनाले दोस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।शनिबार नीलकण्ठ, सिद्धलेक र नेत्रावती डवजोङका ८ वटा खोप केन्द्रबाट ८२८ जनाले पहिलो डोज लगाएका छन् भने १५ जनाले भेरोसेलको दोस्रो डोज लगाएका छन्। 

शुक्रबार नीलकण्ठ, नेत्रावती डवजोङ, सिद्धलेक र ज्वालामुखीका २० वटा खोप केन्द्रबाट ४ हजार १४३ जनाले पहिलो मात्रा र १६० जनाले दोस्रो मात्रा लगाएका थिए।स्वास्थ्य कार्यालयका अनुसार भोलि र पर्सि धुनिबेसी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट, त्रिपुरासुन्दरी गाउँपालिकाका ४५ वर्ष भन्दा माथिका नागरिकलाई लगाईने र गंगाजमुनाको वडा नम्बर १,२,३,४, खनियाबास र रुवीभ्याली गाउँपालिकाका १८ बर्षभन्दा माथिका उमेर समुह सबै खोप दिइने छ।

अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ५ गते र ७ गते पुनः लगाइने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो।साथै यसअघि प्राथमिकतामा परी खोप लगाउन छुटेका नागरिकलाई पनि खोप दिइने उहाँले बताउनुभयो ।खोप लगाउन आउने व्यक्तिले खोप केन्द्रमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ। धादिङमा हालसम्म ८५ हजार बढि नागरिकले पहिलो मात्रा लगाएका छन् भने ६६ हजार बढिले पूर्णमात्रा खोप पाइसकेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्