बाह्र हजार ३१ को परिक्षणमा आज ७६० कोरोना संक्रमित थपिए

नेपालमा आज पनि कोरोना संक्रमण हुने भन्दा निको हुने बढि रहेको छ । केही दिनदेखि संक्रमण ओरालो लागिरहँदा निको हुने दर उकालो लागेको छ ।पछिल्लो २४ घण्टामा ७६० जना कोरोना संक्रमित थपिदा ८९९ संक्रमित निको भएका छन्।

देशभरका प्रयोगशालाबाट ६ हजार १६८ जनाको पीसीआर गर्दा ६३६ जना र ५ हजार ८६३ जनाको एन्टिजेन परिक्षणमा १२४ गरी ७६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार ७६४ संक्रमित थपिएका थिए । योसँगै देशभर संक्रमित हुनेको संख्या ८ लाख ९४ हजार ५९६ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ७५ हजार ७२ पुगेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ३४० रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९६ दशमलब ७ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ११ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार २२१ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्