धादिङबेशीमा खुल्यो ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ 

धादिङबेसीमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ को ८३ औं शाखा खुलेको छ।धादिङका दावा लामा,गौतम ठकुरी,केशर थापा, लगायतका युवा व्यवसायीहरुले शनिबार देखी धादिङबेशी शाखा संचालनमा ल्याएका हुन् ।धादिङबेसी मै नयाँ व्यवसायको रुपमा सञ्चालनमा ल्याएको वर्गर हाउसको शनिवार एक कार्यक्रमका बिच धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले शाखाको उद्घाटन गर्नुभएको हो।
सदरमुकाम धादिङबेसी स्थित क्याम्पस चोकमा सञ्चालनमा आएको द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन रेस्टुरेन्टमा आउने ग्राहकले खानाको स्वादसँगै केही बेर आराम पनि महसुस गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत दावा लामाले बताउनुभएको छ।
केही फरक स्वादका परिकार पस्कने उद्देश्यले रेस्टुरेन्ट खोलेको भन्दै लामाले इन्डियन, चाइनिज, कन्टिनेन्टललगायत विभिन्न परिकारका साथमा नाम नै बर्गर हाउस भएकाले विभिन्न प्रकारका बर्गरमा फोकस गरिएको बताउनुभयो ।रेस्टुरेन्टमा स्वादिलो खाना, सरसफाई, आन्तरिक सजावट र पारिवारिक वातावरण रेस्टुरेन्टका लागि अत्यावश्यक भएकाले यी कुरामा ध्यान दिएको र होम डेलिभरीका साथै विभिन्न किसिमका पार्टी तथा गेट टुगेदरका लागि स्पेसको पनि व्यवस्था रहेको लामाको भनाई छ।
२०७२ सालदेखि नेपालमा फ्रेञ्चाइ व्यवसायको रुपमा अघि बढाइएको यो वर्गर हाउसको ८३ औं शाखा हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्