सिंहदरबारभित्र गोली चल्‍यो

काठमाडौं-  देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र बुधबार गोली चलेको छ। 

राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका पीएसओको पेस्तोल खसेर पड्किएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार संसद सचिवालयको दुई नम्बर भवनमा उक्त गोली चलेको हो। गोली चले पनि कुनै मानवीय क्षति नभएको सिंहले जानकारी दिएका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्