पछिल्लो २४ घण्टामा धादिङमा २७ जना कोरोना संक्रमित थपिदा ४८ संक्रमित संक्रमण मुक्त भएका छन्।
आज जिल्लामा ४४ एण्टिजेन परिक्षण गरिएकोमा गजुरी, ज्वालामुखी र त्रिपुरासुन्दरीमा ५/५ जना, नीलकण्ठ, बेनीघाट रोराङ र गंगाजमुनामा ३/३ जना, गल्छीमा २ जना र धुनिबेसीमा १ जना गरी जम्मा २७ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
हाल जिल्लाको सक्रिय संक्रमित ६ सय ६५ पुगेको छ।संक्रमित मध्ये ६ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।
धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ६१ दशमलब ४ प्रतिशत पुगेको छ ।केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।
गलबार मात्रै १०७ संक्रमित थपिएका थिए।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ९ सय ८१ पुगेको छ। संक्रमित मध्ये ८ हजार २५५ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।