धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि

धादिङ,१५ असार । धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार  थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर १३ की ३० बर्षीय महिला र ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ३२ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिनुभयो ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । यससँगै जिल्लामा कारोना संक्रमित हुनेको सङख्या १ सय २० पुगेको छ । संक्रमित मध्ये निको हुनेको सङ्ख्या ५६ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्