नेत्रावती डबजोङ गाउँपालिकामा बाख्रालाई पीपीआर खोप लगाउन सुरु

धादिङ,१५ असार ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा बाख्रालाई लाग्ने रोगबाट बचाउन पीपीआर खोप दिन सुरु गरिएको छ । सम्भावित  महामारी फैलिन नदिनका लागि शर्तकता अपनाउन गाउँपालिकाले पालिका भित्रका किसानले पालेको बाख्रालाई पीपीआर विरुद्धको खोप लगाउन सुरु गरिएको गाउँपालिकाका सुचना अधिकारी कृृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।

अहिले किसानहरुको घरघरमा पुगेर प्राविधिकहरुले बाख्राहरुमा पीपीआर रोग विरुद्धको खोप लगाउने काम भइरहेको छ । असार १२ गतेदेखि सुरु भएको खोप कार्यक्रम अन्तर्गत गाउपालिकाको वडा नम्वर १, २ , ४ र ५  का  ५ हजार ७ सय बाख्रामा पीपीआर रोग विरुद्धको खोप लगाइसकीएको पौडेलले बताउनुभयो ।यो वर्ष गाउपालिकाको १० हजार बाख्रामा खोप लगाउने लक्ष्य अनुसार सोमबादेखि बाँकी रहेको वडा नम्वर ३, ४ र ५ का किसानको घरमा पुगी खोप कार्यक्रमलाई निरन्तरता दिने रहेको उहाँले बताउनुभयो ।
खोप कार्यक्रममा गाउपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख अर्जुन खतिवडा, प्राविधिक जानुका अधिकारी, रामप्रसाद घिमिरे र सुनिता श्रेष्ठ लगायतको टोलीले काम गरि रहनुभएको छ ।

पीपीआर रोग भएका बाख्राले पानी जस्तो दिशा गर्ने, गीजामा फोका आउने,  ज्वरो आउने, खोक्ने, रगतमासी छेर्ने लगायतका लक्षण देखाउँछ। यो लक्षण देखिएकोे एक सातामै बाख्राको मृत्यु हुने गर्दछ । पीपीआर खोप एक पटक लगाउदा दुई वर्ष सम्म कुनै रोगले पशुलाई आक्रमण नगर्ने पशु चिकित्सकहरूको भनाई छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्