धादिङबेसीमा व्याडमिण्टन कभर्ड हल उद्घाटन

धादिङबेसीमा निर्माण भएको व्याडमिण्टन कभर्ड हलको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले उद्घाटन गर्नुभएको छ । सोमबार एक कार्यक्रमकाबिच एक करोड ७ लाख रुपैँयामा निर्माण भएको हलको मेयर ढुंगानाले उद्घाटन गर्नुभएको हो ।

कभर्ड हल उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै मेयर ढुंगानाले आफुले खेलक्षेत्रलाई पनि अघि बढाउन चाहेको र सोहि अनुसार सहयोग गरीरहेको पनि बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मेयर ढुंगानाले खेलकुद विकासका लागि योजना बनाएर आउने सबै खेल विधाका खेलहरुलाई नगरपालिकाले सहयोग गर्दै आईरहेको समेत बताउनु भएको छ ।

भौतिक संरचना होस् वा खेलक्षेत्रको विकास होस,आफुले सक्ने जति सहयोग गरहेको भन्दै उहाँले आगामी दिनमा पनि खेल क्षेत्रको विकासको लागि आफु प्रतिबद्ध समेत रहेको बताउनुभयो । धादिङ जिल्ला ब्याडमिण्टन संघ धादिङका अध्यक्ष विष्णुलाल श्रेष्ठले कभर्ड हल निर्माणको लागि नगरपालिको आर्थिक सहयोग गरेको कार्यक्रमका जानकारी गराउनु भएको थियो ।

पहिलो चरणमा गुरुयोजना निमार्ण सहित २१ लाख, दोस्रो चरणमा ट्रष्ट निमाणको लागि २९ लाख, बाहिरी संरचना (बार र जस्ता) निमार्णको लागि २५ लाख, म्याट खरिद १२ लाख नगरपालिकाबाट सहयोग प्राप्त भएको बताउनु भएको थियो । खेलाडीहरुबाट ९ लाख ४० हजार,संघको खातामा रहेको ४ लाख खर्च भएको, विभिन्न व्यक्तिहरुबाट ६ लाख १० हजार बराबरको जिन्सि भवन निमार्णको क्रममा सहयोग प्राप्त भएको बताउनु भएको थियो ।

भवन निर्माणको लागि १ करोड ७ लाख खर्च भएको छ । सोहि भवनमा आगामी फागुन १७ गतेदेखि मेयरकप राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता गर्न लागिएको अध्यक्ष क्षेष्ठले जानकारी गराउनु भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्