धादिङमा ७८ जनाको आँखाको अप्रेशन

धादिङमा आईतबार र सोमबार गरी ७८ जनाले आँखाको अप्रेसन गराएका छन् ।

जिल्ला सामुदायिक आँखा केन्द्र धादिङ र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौको वार्षिक कार्ययोजना अनुसार आईतबार र सोमबार गरी ७८ जनाले आँखा अप्रेसन गराएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख रामसिंह तामाङले बताउनुभयो।

आईतबार २२ जना र सोमबार ५६ जना गरी दुई दिनमा ७८ जनाको मोतियाविन्दुको अप्रेसन गरिएको हो । मंगलबार पनि अप्रेशन कार्यक्रम रहेको प्रमुख तामाङले जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्