ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु भेटियो,कलङ्की हुँदै थानकोट र नागढुङ्गा जाने/आउने सबै गाडी रोकिए

काठमाण्डौको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु भेटिएको छ ।दुई वटा जेब्रा झोलामा शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ 

बिहान स्थानीय बासिन्दाले शङ्कास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको बम डिस्पोजल टोली खटिएका छन् ।शङ्कास्पद देखिएको वस्तु के हो र कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

अहिले यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको छैन । काठमाण्डौ हुँदै नागढुङ्गातर्फ जाने सबै गाडीलाई कलङ्कीमा नै र नागढुङ्गा हुँदै काठमाण्डौ आउने गाडीले उतै रोकिएको प्रहरीले जनाएको छ।

‘हामीले साइकललाई समेत यो रुटमा प्रवेशमा रोक लगाएका छौँ, अनुसन्धान पछि मात्रै सडक खुलाउने तयारी छ ’ एक प्रहरीले भनेका छन्। काठमाण्डौसँगको मुख्य नाका भएकाले कलङ्की ढुङ्गेअड्डाको रुट हुँदै दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्छन्। आज बिहानैदेखि यो नाकामा सुरक्षा जाँचलाई कडाइ पारिएको छ।–उज्यालो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्