एन्जलको उपचार गर्न १ लाख ३१ हजार सहयोग

धादिङ २० साउन । 
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ रामपुरका एन्जल तामाङको उपचारको लागि युकेबाट संकलित १ लाख ३१ हजार ३ सय ६ रुपैया सहयोग हस्तान्तरण गरीएको छ ।जन्मजात नै दिसाघर नभएका ति बालकको उपचारमा समस्या भएपछि युकेमा संकलित रकम हस्तान्तरण गरीएको हो । ‘माईला, कान्छा लकडाऊन सहयोग अभियान’सन्चालन गरेर साउद ईष्ट तमुधि लन्डनकी उपाध्यक्ष पार्वती गुरुङ र तमु आमा समाज युकेकी संस्थापक अध्यक्ष मायाँ गुरुङको तर्फबाट रकम संकलन गरीएको अन्तराष्ट्रिय धादिङ समाजका प्रवक्ता तथा समाजसेवी राजन खकुरालले जानकारी दिनुभयो ।सोमबार भएको हस्तान्तरण कार्यक्रममा २९ हजार २ सय ४१ रुपैया हस्तान्तरण गरिएको थियो भने  एक लाख दुई हजार रुपैया केहि हप्ता अगाडी सामाजिक अभियन्ता पार्वती गुरुङ र माया गुरुङ ले प्रदान गर्नु भएको थियो। जन्मजात नै दिसाघर नभएका ति बालकको उपचारमा समस्या भएपछि युकेमा संकलित रकम हस्तान्तरण गरीएको हो ।रकम हस्तान्तरण कार्यक्रममा पूर्व विद्यालयका स्रोत व्यक्तिहरु ज्ञानेन्द्र खकुराल, ओम प्रसाद पाठक, ब्यबस्थापन समितिका अध्यक्ष अरुण लोहनी, समाजसेवीहरु रुद्र खकुराल, सानु माया खकुराल,प्रताप कडेल, बिद्यालयका प्रधानाध्यापक  भद्रलाल खकुराल, समाजसेवी हरु सानु कान्छा खकुराल, प्रकाश खकुराल, तोया नाथ खकुराल, गकुल  खकुराल,अर्जुन खकुराल, बीर तामांङ, बबी खकुराल, राजन कडेल को उपस्थिति रहेको थियो।
सहयोगीहरु 

१. क्यप्टेन हर्क बहादुर, चन्द्र कुमारी गुरुङ 28,000
२. एसआई, अमृत शिरीष गुरूङ घले 10,005
३. कुमार/ मिना गुरुङ १०,०००
४. रिटायर्ड उप-सेनानी कुसाङ /पन्चा गुरुङ 10,000
५. धनु/चन्दा थकाली 10,000:
६. युवाराज/उसा गुरुङ 10,000
७. राजन खकुराल 5,000:
८. क्यप्टेन कृष्ण बहादुर बिस्णु गुरुङ 5,000:
९. टिना थापा 2,000:
१०. पूर्ण गुरूङ /राम कुमारी गुरूङ 2,000:
११. बल बहादुर थापा 1,000
१२. यूकी गुरूङ 2,000
१३. लमिजा गुरूङ 2,000:
१४. दिल बहादुर गुरूङ 1,050:
१५. जुक बहादुर गुरूङ 2,000:
१६. नन्दराम गुरूङ 2,०००
१७. धन बहादुर/शशी गुरुङ १४६२०
१८. भक्त बहादुर/धनमाया गुरुङ ७३१०
१९. उत्तर बहादुर गुरुङ/बत्ती माया गुरुङ ७३१०

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्