नीलकण्ठ–९ का मृगौला पिडित रिजाललाई मकाउबाट आर्थिक सहयोग

धादिङ,२० श्रावण ।
धादिङको नीलकण्ठ नगरपालिका ९ मुरलीभञ्ज्याङका दुबै मृगौला फेल भएका रामकृष्ण रिजालको उपचारका लागि मकाउबाट सहयोग प्राप्त भएको छ । रिजालको उपचारका लागि नीलकण्ठ–९ मुरलीभञ्ज्याङ निवासी नविन धमलाको पहलमा ग्यालेक्सी क्यासिनो मकाउमा कार्यरत सिक्युरिटीहरुबाट आर्थिक संकलन गरि सहयोग उपलब्ध गराएको हो ।

बिगत ५ बर्ष देखि डाइलासिस गराउदै आउनु भएका रीजालको धेरै रकम उपचार खर्चमा सकिएपछि आर्थिक अभावमा मृगौला प्रत्यारोपणको प्रक्रिया रोकिएकोले रिजालको परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको थियो । उपचारको लागि सहयोग उठ्ने क्रम जारी रहेको र यसरीनै दाताहरुले सहयोग गर्नुभएमा मृगौला प्रत्यारोपण गराएरै छोड्ने बिरामी रामकृष्ण रिजाल र उनकी श्रीमती रञ्जीला रिजालले बताउनुभयो ।

सामाजिक सेवाभाव भएका नविन धमलाले पठाईदिएको उक्त रकम स्थानीय खिलबहादुर धमला, नेकपा नीलकण्ठ–९ का वडा कमीटी अध्यक्ष भक्त बहादुर रेग्मी, प्रयास रेग्मी लगायतले मङ्लबार बिहान विरामी रामकृष्ण रिजाललाई हस्तान्तरण गर्नुभएको थियो । रकम हस्तान्तरण गर्दै खिलबहादुर धमलाले मृगौला प्रत्यारोपणका लागि सो रकम प्रयाप्त नभएकोले अन्य सहयोगीहरुलाई पनि यो उपचार अभियानमा हातेमालो गर्न समेत आग्रह गर्नुभएको प्रयास रेग्मीले बताउनुभयो । यसअघि धमलाको पहलमा गत शनिबार नीलकण्ठ–९ गैह्राबारीका शिबकुमार श्रेष्ठको उपचारको लागि पनि मकाउबाट ५१ हजार सहयोग रकम उपलव्ध गराएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्