अपाङ्गता परिचयपत्र बितरण गर्दै नेत्रावती डबजोङ गाउपालिका


धादिङ,२७ श्रावण ।
धादिङ जिल्लाको नेत्रावति डबजोङ गाउपालिकाले अपाङगता भएको ब्यक्तीहरुलाई परिचय पत्र बितरण गर्ने कार्यको थालनी गरेको छ ।
अपाङगता भएका व्यक्तीको परिचय पत्र वितरण कार्यविधी २०७५ अनुसार मंगलबार सम्म क, ख, ग र घ वर्गमा वर्गीकरण गरी ६५ जनालाई परिचय पत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्याम कृष्ण पौलेलले मैनबत्ति डटकम बताएका छन् ।
सोमबार वडा नं ४ मा क वर्ग ( रातो कार्ड ६ जना, ख वर्ग (निलो कार्ड) १० जना, पहेलो र सेतो कार्ड १२ जना गरी २८ जनालाई वितरण गरिएको छ । वडा नं ५ मा रातो कार्ड ३ जना, निलो कार्ड ६ जना,पहेलो र सेतो कार्ड ४ जना गरी कुल ४१ जनालाई परिचय पत्र वितरण गरिएको थियो । मंगलबार आज वडा नं २ र ३ मा क वर्गका ५ जना,ख वर्गका ११ जना,ग र घ वर्गका ८ जना गरी २४ जनालाई वितरण गरिएको छ ।
अपाङ्गता परिचय पत्र वितरण समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष उर्मिला तामाङ(गुरुङ)को अध्यक्षतामा बैठक बसी डा.सञ्जय बरालको सिफारिसमा परिचय पत्र वितरण गरिएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्याम कृष्ण पौडेलले अपाङ्गता परिचय पत्र तयारी गर्दै राज्यबाट पाइने सेवा सुविधाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्ग कुमार शाक्य,प्रशासकिय अधिकृत अनुप लामिछाने,सदस्यहरु सर्मिला बिक ,नारायण गुभाजु,बेग बहादुर तामाङ लगायतको सहभागिता रहेको थियोे । भोलि बुधबार वडा नं १ मा परिचयपत्र वितरण गरिने कार्यक्रम रहेको बताईएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्