गायिका प्रिती कौरकाे ‘रहर’ सार्वजनिक

काठमाडाैं- गायिका प्रिती कौरले ‘रहर’ नामकाे नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत भिडियाे सार्वजनिक गरेकी हुन्।

काैरले गीतमा अंग्रेजी, संस्कृत र नेपाली गरी तीनवटा भाषा प्रयोग गरेकी छन्। नेपाली संगीतमा याे नौलो परीक्षण भएकाे गायिका कौरले बताइन्।म्युजिक भिडियो कृष्णबहादुर थापा, रोनिश राउत र सजल लोप्चनले खिचेका हुन् भने पोष्ट प्रोडक्सन संघारी स्टुडियोजले गरेको हो। गीतमा काैर आफैंले संगीत दिएकी छन्। गीत लेखन सायद अशोकसँग मिलेर गरेकी हुन् भने संगीत संयोजन विशेष पाण्डेले गरेका छन्।

गायिका कौरको सबैभन्दा चर्चित गीत ‘धेरै पल्ट जीवनमा (२००४)’ हो। उनले ‘परेवाको जोडी (२००४)’, ‘रिसाउन पाइँदैन (२००४)’, ‘बेली डान्सर (२०१५)’ र ‘तिम्रै लागि (२०१७)’ बजारमा ल्याइसकेकी छन्। यसका साथै उनले विभिन्न नेपाली चलचित्रमा पार्श्वगायन गरिसकेकी छन्।@nepallive

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्