‘संघीयताको अर्थराजनीति’ पुस्तक बजारमा

काठमाडौं- स्थानीय विकास तथा संघीयता विज्ञ बिनोद न्यौपानेद्वारा लिखित पुस्तक ‘संघीयताको अर्थराजनीति’  आजबाट बजारमा आएको छ।

पुस्तकमा विकेन्द्रीकरण, संघीयता, अन्तरसरकारी सम्बन्ध र अहिलेको राजनीतिक आर्थिक बहाबका साथै ऐतिहासिक, आर्थिक, सामाजिक रुपान्तरमा भइरहेका अनुसन्धान र विश्वव्यापीकरणको बहाब संघीयता शासन व्यवस्थाको परिपेक्षमा लेखकले समेटेका छन्।
 पुस्तकमा विश्वमा चलिरहेका संघीयताका मोडललाई अर्थराजनीतिक ढाँचाबाट विवेचना गर्दै नेपालको संघीयताका ‘सबल-कमजोर’ पक्ष ‘चुनौती र अवसर’ का बारेमा धरातलीय यथार्थता र आर्थिक- राजनीतिक सामर्थ्यका आधारमा विश्लेषण गरिएको छ।
  
‘यो पुस्तक लेख्नुको एउटा मात्र उद्देश्य नेपालका राजनीतिक दलका नेता-कार्यकर्ता, जनप्रतिनिधि र सरकारी कर्मचारी, दातृनिकायका कारिन्दा र संघीयताको कार्यान्वयनका सवालमा विभिन्न क्षेत्र र निकायसँग जोडिएर काम गरिरहेकाहरुलाई संघीयताको अर्थराजनीतिबारे ‘साक्षर’ मात्र पार्न खोजेको हुँ, संघीयताको बारेमा साँबा अक्षर चिनेपछि बाँकी खोजीनीति गर्ने ईच्छा र विवेक सम्बन्धित संस्था र व्यक्तिमा आइदिए मेरो उद्देश्य पूरा भएको मान्ने छु’, पुस्तक लेखिनुको कारणबारे लेखक न्यौपानेको भनाई छ।

पुस्तकका बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाई छ-  ‘… पुस्तकमा संघीयताको पाटो देखाउँदै हिजो र आजको भूगोल, सामाजिक चेतना, जनसंख्याको बनोट, स्रोत-साधन र बसाईं-सराइको प्रवृत्ति आदिलाई जातजातिभित्र छिरी मोही पारेर नौनी निकालेझैं मिहिन बिश्लेषणका साथै (संघीयताको) अब अगाडि जाने बाटो प्रष्ट देखाइएको छ।
सांग्रीला बुक्सले प्रकाशन गरेको पुस्तक ५०८ पृष्ठको छ र मूल्य ७९५ रहेको छ।@nepallive

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्