भारतमा एकै दिन ६६ हजार ९९९ जनामा संक्रमण, ९४२ काे मृत्यु

नयाँ दिल्ली– भारतमा एकै दिन ६६ हजार ९९९ जनामा काेराेना संक्रमण देखिएकाे छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा ६६ हजार ९९९ जनामा संक्रमण देखिएकाे हाे।

याेसँगै भारतमा कूल संक्रमितकाे संख्या २३ लाख ९६ हजार नाघेकाे छ। मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काेराेनाका कारण ९४२ जनाकाे मृत्यु भएकाे छ। याेसँगै मृत्यु हुनेकाे संख्या ४७ हजार ३३ पुगेकाे छ। 

संक्रमितमध्ये ६ लाख ५३ हजार ६२२ संक्रिय संक्रमित छन् भने १६ लाख ९५ जना निकाे भएका छन्।@nepallive

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्