नेपालमा संक्रमितको सङ्ख्या २५ हजार नजिक,५ सय २५ थपिए

धादिङ,२९ श्रावण ।
नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

हिजो बुधबार ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ सय ९ जना डिस्चार्ज भएसँगै १६ हजार ८ सय ३७ जना संक्रमित निको भएर घर फर्किएका छन्।

देशभर २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पीसिआर परिक्षण गरिएको डा.गौतमले बताउनुभयो । यस्तै देशभर ८ हजार २५ सक्रिय संक्रमित रहेका छन् भने १४ हजार ७ सय ६९ जना क्वारेन्टाईनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्