कोरोनाबाट मृत्यु भएका युवाको उपचारमा संलग्न धादिङका १० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

धादिङ अस्पतालका १० जना स्वास्थ्यकर्मीहरु क्वारेन्टाइनमा बसेका छन् । कोरोना संक्रमणबाट धुवाँकोटका एक जनाको मृत्यु भएपछि धादिङ अप्सतालमा उपचारमा संलग्न भएका स्वास्थ्यर्कीहरुलाई क्वारेन्टाईनमा राखीएको अस्पतालका सुचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।

धादिङ अस्पतालबाट रेफर गरीएका नीलकण्ठ नगरपालिका–१४ का ३२ वर्षिय पुरुषको मंगलबार काठमाण्डौँको ह्याम्स अस्पतालमा मृत्यु भएको थियो ।साउन २६ गते ज्वरो र श्वास प्रश्वासमा समस्या भएपछि धादिङबेशी स्थित जिल्ला अस्पतालमा ल्याइएको थियो । फोक्सोमा खराबी भएको जनाए पछि जिल्ला अस्पताल धादिङले थप उपचारको लागि सोही दिन काठमाडौ स्थित ह्याम्स अस्पताल रिफर गरेको थियो ।

बिहिबार अस्पतालले एक विज्ञप्ती जारी गर्दै एकैपटक १० जना स्वास्थ्यकर्मीहरुलाईनै क्वारेन्टाइनमा राख्नु परेका कारण जनशतिmको अभाव भएको जनाएको छ । अहिले जनशक्तिको अभावका कारण धादिङ अस्पतालबाट प्रवाह गरिने केही स्वास्थ्य सेवाहरुमा प्रभावित भएको सुचना अधिकारी विकले बताउनुभयो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्