३०० विकेट पूरा गरेका रसिदको कर्तिमान

एजेन्सी । अफगानिस्तानका बलर रसिद खानले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा किर्तिमान कायम गरेका छन् । यो संस्करण बार्बाडोस ट्रेडर्सका लागि खेलीरहेका अफगान स्टार स्पिनर रसिदले बिहीबार भएको सेन्ट लुसिया जुक्सविरुद्धको खेलमा किर्तिमान कायम गरेका हुन् ।खानको टिम बार्बाडोसले खेल गुमाए पनि रासिदको एउटा विशेष विश्व किर्तिमान रहयो ।

सेन्ट लुसियाविरुद्ध रसिदले दुई विकेट लीदै टि २० क्रिकेटमा ३०० विकेट पूरा गर्ने किर्तिमान राखेका हुन् भने उनी टि–२० क्रिकेटमा ३०० विकेट प्राप्त गर्ने अफगानिस्तानको पहिलो र विश्वको आठौं बलर बने ।गएरातिको खेलमा अफगानिस्तानकै मोहम्मद नाबीलाई आउट गर्दै उनले आफ्नो ३०० विकेट पुरा गरेका थिए ।

यस्तै रसिद ३०० विकेट पुरा गर्ने सबैभन्दा कान्छो खेलाडी समेत बने । साथै उनि सबै भन्दा कम खेलमा ३०० विकेट पुरा गर्ने खेलाडी समेत बने । उनले २१३ खेल खेल्दै ३०० विकेटको कोसेढुङगा पार गरेका हुन् । यस अघी यो रेकर्ड श्रीलंकाका लसिथ मालिङ्गाको नाममा थियो । मलिङ्गाले २२२ टी २० खेलमा ३०० विकेट पूरा गरेका छन् ।

रसिदले डब्यु गरेको ४ वर्ष ३३८ दिन भित्र यो उपलब्धि हासिल गरेका हुन् । अन्तराष्ट्रिय क्रिकेटमा डब्यु गरे पस्चात सबै भन्दा कम समयमा ३०० विकेट पूरा गरेको किर्तिमान समेत रसिदले आफ्नो नाममा लेखाए ।रसिदले टी २० क्रिकेटमा २१ बर्ष ३३५ दिनको उमेरमा ३०० विकेट लिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्