एसईई नतिजा : विद्यालयको मूल्याङ्कनमाथि प्रश्न 

२०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गर्‍यो । कोरोना भाइरस (कोभिड-१९) का कारण परीक्षा नभएपछि विद्यालयले गरेको मूल्याङ्कनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको हो । तर, बोर्डले जीपीएविना नै नतिजा सार्वजनिक गर्‍यो । अघिल्ला वर्षहरूमा २-४ जनाले मात्र ४ जीपीए ल्याएका हुन्थे । तर, यो वर्ष ९ हजार बढीले ४ जीपीए ल्याएका छन् । 

एसईईमा कुल ४ लाख ८२ हजार ९ सय ८६ विद्यार्थीले आवेदन दिएका थिए । जसमा ४ लाख ७२ हजार ७८ विद्यार्थीको प्राप्तांक बोर्डमा प्राप्त भएको थियो । कति विद्यार्थीले कति जीपीए ल्याए त्यो सार्वजनिक गरिएन । कोरोनाका कारण परीक्षा नहुने भएपछि विद्यालयले नै गरेको मूल्याङ्कनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको हो । तर, विद्यालयहरूले विद्यार्थीलाई धेरै नम्बर दिएको पाइएको छ । विद्यार्थीको सही मूल्याङ्कन नभएको भन्दै विद्यालयको मूल्याङ्कनमाथि नै प्रश्न उठेको छ । राष्ट्रय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यालयको मूल्याङ्कलाई प्रमाणिकरण गरेको भएकाले जीपीए सार्वजनिक नगरिएको बताए । ‘जीपीए कसरी सार्वजनिक हुन्छ ? विद्यालयको आन्तरिक मूल्याङ्कनलाई प्रमाणिकरण  गरेका हौँ । बोर्डले परीक्षा लिएको होइन । बोर्डले परीक्षा लिएको भए पो जीपीए सार्वजनिक गर्नु,’ उनले भने ।  बोर्डले जीपीए सार्वजनिक नगरे पनि सम्बन्धित विद्यालयका कति विद्यार्थीले कति जीपीए ल्याए त्यो मात्र थाहा हुने भएको छ । ‘१० हजार ५ सय विद्यालय छन् । प्रमाणिकरणका लागि परीक्षा लिएका थिएनन् । छुट्टै प्रयोजनका लागि लिएको परीक्षालाई एकै ठाउँमा राखेर यतिले यति  जीपीए ल्याए भन्न मिल्छ ? विद्यार्थीको  सर्टिफिकेटमा हुन्छ । कतिले कति जीपीए पाए भन्ने डाटा बोर्डले निकालेको छैन,’ उनले भने । अहिलेको संकटमा विद्यार्थीका लागि अगाडि बढ्ने बाटो खोलिदिएको उनले बताए । ‘संकटमा विद्यार्थीको लागि बाटो खोलिदिएको हो । बोर्डको स्ट्यान्डर्ड परीक्षा होइन,’ उनले भने, ‘हरेक विद्यालयमा लेटरसिट पठाएको छ । आफ्नो विद्यालयका कति विद्यार्थीले कति जीपीए पाए  विद्यालयलाई थाहा हुन्छ ।’विद्यालयले मूल्याङ्कन गर्दा शिक्षकले कसरी नम्बर दिने रहेछन् त्यो देखिएको उनले बताए । ‘शिक्षकले कति नम्बर दिँदा रहेछन् भन्ने देखियो,’ उनले भने, ‘हिजो बोर्डले परीक्षा लिदा २-४ जनाको जीपीए ४ आउँथ्यो । अहिले ९ हजार बढीको आएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्