साउन महिनाको सर्वोत्कृष्ट धादिङ प्रहरीमा झलक बहादुर घले


धादिङबेशी । प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्ने कार्यक्रम अन्र्तगत २०७७ साउन महिनाको सर्वोत्कृष्ट धादिङ प्रहरीमा झलक बहादुर घले छनोट भएका छन् । प्रहरी चौकी मैनापोखरी दोलखा दरबन्दी भई हाल प्रहरी चौकी लापा धादिङमा कार्यरत प्रहरी हवल्दार झलक बहादुर घले साउन महिनाको सर्वोत्कृष्ट धादिङ प्रहरी भएका हुन् ।
निजले २०७७ साउन २८ गते देखि ३१ गते सम्म रुवीभ्याली गाउपालिका वडा न ५ र ६ का १०३ घर धुरी पहिरोको जोखिम रहेको अवस्थामा स्थानिय बासिन्दाको सहयोगमा केहि घर धुरीका स्थानियहरुलाई सुरक्षित स्थानमा पु¥याउन र थप बिपद घटना बाट अन्य घर धुरीका स्थानियलाई जोगाउन अहम भुमिका निर्वाह गरेकोले साउन महिनाको सर्वोत्कृष्ट धादिङ प्रहरी भएका हुन् ।
निजले सम्पादित गरेको कार्य सहरानिय रहेको र अन्य प्रहरी कर्मचारीहरुलाई समेत प्रोत्साहित गर्न यस किसिमको सर्वोत्कृष्ट प्रहरी छनोट गरि घोषण गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी रुपक खड्काले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्