जिल्लामा सक्रमण बढे संगै गंगाजमुना गाउपालिकाले ग¥यो यस्तो निर्णय(सुचना सहित)


धादिङ । कोरोना भाइरसको सक्रमण धादिङ जिल्लामा पनि दिनानुदिन बढ्दै गएपछि धादिङ जिल्लाको गंगाजमुना गाउपालिकाले कोरोना भाइरस रोकथामको लागी बिभिन्न निर्णयहरु गरेको छ ।आज गाउपालिकाले एक सुचना जारी गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी प्रभावकारी बनाउन भाद्र ६ गते देखि भाद्र १० गते सम्म गाउपालिका क्षेत्र भित्र गर्न हुने र नहुने बिषयलाई सार्वजनिक गरेको छ ।
गाउपालिका क्षेत्र भित्र के गर्न हुने ? के नहुने ?
१, स्वास्थ्य सेवा बाहेक गाउपालिकाको कार्यालय तथा वडा कार्यालय बाट प्रदान गरिने सेवा बन्द गर्ने तर कर्मचारीहरु आ आफ्नो क्षेत्रबाट गाउपालिका बाहिर अन्यन्त्र जान नपाईने । प्रशासनिक, पशु,स्वास्थ्य, कृषि लगाएतका बिषयसंग सम्बन्धित आबश्यक सेवा कुनै पनि समयमा प्रदान गर्नु पर्ने अबस्था आउन सक्ने भएको हुदा तत्काल सेवा दिन सबै कर्मचारीहरु तयारी अवस्थामा रहने ।
२, औषधी खाद्यबस्तु तथा अन्य अत्यावश्यक वा सेवा खरिदको काममा बाहेक कुनै पनि ब्यक्ति घर बाट बाहिर ननिस्कने ।
३, स्वास्थ्य क्लिनिक,फार्मेशी, स्वास्थ्य चौकी र अस्पतालबाट निरन्तर सेवा प्रदान गर्ने ।
४,अत्याबश्यक सेवा तथा बस्तु बाहेकका अन्य सबै प्रकारका ब्यापार ब्यवसाय बन्द गर्ने ।
५, कुनै पनि मेला, महोत्सव, जात्रा संचालन तथा मानिसहरुको भिडभाड नगर्ने ।
६,शैक्षिक संस्थाहरु,टियुशन सेन्टर, भाषा कक्षा लगाएत जमघट हुने गतिबिधिहरु संचालन गर्न नपाईने ।
७, दिर्घरोगी, अशक्त,अपाङ्गता भएका ब्यक्ती, बालबालिकाहरुलाई बाहिर हिडडुल गर्न निषेध गर्ने ।
यस्तो छ, गाउपालिकाले प्रकाशन गरेको सुचना

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्