चितवनका ४० जनामा कोरोना संक्रमण पुष्‍टि

चितवन, १० भदौ । चितवनको भरतपुर अस्पतालअन्तर्गतको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४० जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । अस्पतालले बुधबार विहान दिएको जानकारी अनुसार चितवनका ४० सहित अन्य ४ जनामा पनि संक्रमण देखिएको छ । उनीहरु रुपन्देही, नवलपरासी पूर्व, तनहुँ र धनुषाका १-१ जना छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नं १, २, ४, ५, ७, ९, १०, ११, १२, १५, १६ का १६ जना पुरुष र २० महिलामा संक्रमण पुष्‍टि भएको छ । पुरुषहरु ५ वर्षीय बालक सहित ४६ उमेर समूहका हुन् भने महिलाहरु ८ वर्षीया बालिकासहित ५४ वर्ष उमेर समूहका हुन् । उनीहरुको स्वाब पुरानो मेडिकल कलेज तथा भरतपुर अस्पताल स्वाब सङ्कलन केन्द्र र बिपी कोइराला क्यान्सर अस्पतालबाट सङ्कलन गरिएको हो ।त्यसैगरी रत्‍ननगर नगरपालिका वडा नं १, ६ र १३ का एकजना पुरुष र दुईजना महिलामा संक्रमण देखिएको छ । उनीहरुको स्वाब पुरानो मेडिकल कलेज र रत्‍ननगर क्‍वारेन्टाइनबाट संकलन गरिएको हो ।

यस्तै खैरहनी नगरपालिका-१ का २६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । उनको स्वाब भरतपुर अस्पतालबाट लिइएको हो ।त्यसैगरी नवलपरासी पूर्वकी २३ वर्षीया महिलामा पनि संक्रमण पुष्‍टि हुँदा रुपन्देहीकी ५४ वर्षीया महिला, तनहुँका ३८ वर्षीय पुरुष र धनुषाकी ५४ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ । उनीहरुको स्वाब पुरानो मेडिकल कलेज, भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट संकलन गरिएको हो ।

प्रयोगशालामा मंगलबार रातिसम्म परीक्षण गरिएका २१८ नमूनाहरुको परीक्षणमा ४४ वटाको पोजेटिभ आउँदा अन्य १७४ नमूनाहरुको भने नेगेटिभ रिपोर्ट आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्