धादिङमा भदौ १६ गते सम्म पुन निषेधाज्ञा

धादिङबेशी । धादिङमा दोस्रो पटक निषेधाज्ञा थप गरीएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षयतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले आगामी भदौ १६ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।

काठमाण्डौ उपत्यका र चितवन जिल्लामा कोरोना भाइरसको सक्रमण दर बढिरहेको र छिमेकी जिल्लाहरुमा निषेधाज्ञाको अवधी बढाईरहेको अवस्थामा जिल्लामा पनि सक्रमण बृदि हुने उच्च जोखिम रहेको र उच्च सर्तकता अपनाउनु पर्ने अवस्था रहेकोले निषेधाज्ञाको समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताउनुभयो । आज बसेको बैठकले प्रत्येक स्थानिय तहमा १० वेडको आइसुलेसन र आवश्यकता अनुसारको क्वारेन्टाइनको ब्यवस्थ गर्ने समेत निणय गरेको छ ।

निषेधाज्ञाको समय थप भए संगै धादिङबेसीका आसपासको क्षेत्र र राजमार्ग क्षेत्रमा कडाई गर्ने निर्णय भएकोले निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्