रेडक्रस धादिङ द्धारा धुनिवेशी नगरपालिका र सिद्धलेक गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

धादिङ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले सिद्धलेक गाउँपालिका र ध्निबेशी नगरपालिकालाई आज स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरेको छ । रेडक्रस धादिङ द्धारा समुदायमा आधारित विपद जोखिम न्यूनिकरण कार्यक्रम मार्फत उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

सिद्धलेक गाउपालिकामा स्वास्थ्य शाखा र ७ वटै वडामा रहेको स्वास्थ्य संस्थाहरु स्प्रे मेसिन १ थान, क्लोरीन १० लिटर, स्यानीटाइजर ११ पिस, ग्लोब्स २ प्याकेट, मास्क ४ सय ५० पिस,साबुन ४५ पिस, पिपिई सेट १ थान सहयोग हस्तान्तरण गरेको छ । सिद्धलेक गाउपालिकामा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति नारायण तिमल्सिना,मन्त्रि दुर्लभ कुमार तामाङले गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल र प्रमुख प्रशाशकिय अधिकृत धनेश्वर पौडेललाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।

धुनिबेशी नगरपालिकामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिंग मार्फत स्प्रे मेसिन १ थान, क्लोरीन १० लिटर, स्यानीटाइजर ११ पिस, ग्लोब्स २ प्याकेट, मास्क ४ सय ५० पिस,साबुन ४५ पिस, पिपिई सेट १ थान सहयोग गरिएको छ। स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आर्चाय,उप मेयर निरु खरेल र प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कडेंलकोको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्