अन्तराष्ट्रिय बेपत्ता दिवसको अवसरमा धादिङमा दिप प्रजल्वन

धादिङ । अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा धादिङमा दिप पज्वलन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको आयोजनामा रेडक्रसको प्राङ्गणमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।

दिप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि तथा बेपत्ता परिवार समाज धादिङका अध्यक्ष राम बहादुर भण्डारीले बेपत्ता पारिएका व्यक्तिका आफन्त अझै पनि आफ्ना मान्छेहरु आउने आशामा पर्खिरहेका तर यतिका वर्ष बिति सक्दा पनि नआउँदा पीडा थपिएकोे बताउनुभयो । बेपक्ता पारिएका परिवारहरुलाई राज्यले उचित क्षतिपूर्ति समेत दिन नसकेको भन्दै बेपत्ताहरुलाई सार्वजनिक गर्न नसकेको प्रति दुख व्यक्त गर्नुभयो ।उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनेकाले त्यसले सत्यतथ्य पत्ता लगाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यले सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मानिस अझै सम्पर्कमा आउन नसक्नु दुखद पक्ष रहेको बताउनुभयो ।नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका अध्यक्ष नारायण तिमल्सिनाको अध्यक्षतामा भएको दिप प्रजल्वन कार्यक्रममा बेपत्ता परिवार समाज धादिङका अध्यक्ष राम बहादुर भण्डारीको प्रमुख आतिथ्य तथा नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा रेडक्रसका पूर्वसभापतिहरु, रेडक्रसकर्मी, वेपत्ता परिवारका सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो ।बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा यो दिवस प्रत्येक वर्ष ३० अगस्टका दिन मनाउने गरिएको छ ।जनयुद्धका क्रममा धादिङ जिल्लाबाट मात्र २६ जना मानिसहरु वेपत्ता भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्