धनकुटामै पीसीआर परीक्षणको तयारी

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएको धनकुटामा परीक्षणका लागि पीसीआर मेसिन जडान हुने भएको छ ।

संघीय सरकारले पीसीआर मेसिन खरिद गर्न १ करोड रुपैयाँ बजेट निकासा गरेपछि स्वास्थ्य कार्यालय धनकुटाले मेसिन खरिदको प्रक्रियाअघि बढाएको हो । धनकुटामा पीसीआर परीक्षण हुँदा तेह्रथुम, भोजपुर र संखुवासभालाई समेत सहज हुने छ ।

त्यस्तै, धनकुटा नगरपालिकाले वडा नम्बर ६ को औद्योगिक ग्राममा आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ ।

यसअघि क्वारेन्टाइनको रूपमा प्रयोग गरेको ग्राममा तत्काल २० शय्याको आइसोलेसन सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्