कोरोना संक्रमणबाट ४ बर्षिय बालिका सहित थप ७ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । आज महोत्तरीकी ४ बर्षिय बालिका, गोरखाकी ६५ बर्षिय महिला, रुपन्देहीकी ६८ बर्षिय महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित जानकारीका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी गराउनुभयो ।

यस्तै रौतहटका ४० बर्षिय पुरुष, झापाका ८६ बर्षिय पुरुष,भक्तपुरका ७७ बर्षिय पुरुष, चितवनका ७८ बर्षिय पुरुषको मृत्यु भएको प्रवक्ता डा.गौतमले बताउनुभयो । मृत्यु हुनेमा १ बालिका,२ जना महिला र ४ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २७ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्