२४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण, ३९ हजार ४६० पुगे संक्रमित

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ७ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्