अष्ट्रेलीयाबिरुद्धको पहिलो टि २० मा ईङ्गल्याण्ड विजयी

एजेन्सी । ईङ्गण्ल्याण्ड र अष्ट्रेलिया बीचको पहिलो टि २० मा घरेलु टोली ईङ्गल्याण्डले रोमाञ्चक जित हासिल गरेको छ । गएराति भएको पहिलो टि २० खेलमा ईङ्गल्याण्डले अष्ट्रेलिया माथि २ रनको सनसनीपूर्ण जित निकालेको छ ।

ईण्ल्याण्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो ।अष्ट्रेलियाका लागी डेविट वार्नरले ५६ रनको अर्धशतकीय पारी खेलेपनि अष्ट्रेलीयाका लागि पर्याप्त बन्न सकेन । यस्तै कप्तान आरोन फिन्चले ४६ तथा मार्कस स्टोइनिसले २३ रन बनाएका थिए ।

ईण्ल्याण्डको जितमा जोफ्रा आर्चर र आदिल रशीदले समान २–२ विकेट हात पार्दा मार्क वुडले १ विकेट लिए ।यसअघि साउथह्याम्प्टनको रोज बाउल स्टेडियममा टस हारेर पहिले ब्याटिङ्ग गरेको ईङ्गण्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रनको कुल योगफल तयार पारेको थियो ।ईण्ल्याण्डका डेविड मालनले ६६ रनको अर्धशतकीय पारी खेले । यस्तै जोस बटलर ४४ रन बनाउदा क्रिस जोर्डन १४ रनमा अविजित रहे ।अष्ट्रेलियाका ग्लेन म्याक्सवेल,केन रिचर्डसन र एस्टन अगरले समान २–२ विकेट लिएका थिए ।

जितसँगै तीन खेलको टि २० श्रृंखलामा ईङ्गल्याण्डले १–० को अग्रता बनाएको छ ।यी दुईबिचको दोश्रो टि २० खेल साउथह्याम्प्टनको रोज बाउल स्टेडियममा आईतबार भदौ २१ गते नेपाली समयानु्सार बेलुकी ७ बजेबाट शुरु हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्