रेडक्रसको ५८ औं स्थापना दिवसको अवसरमा ६१ जनाले गरे रक्तदान

आज ५८ औं नेपाल रेडक्रस स्थापना दिवस,दिवसको अवसरमा धादिङबेशीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । धादिङ सहित देशैभर रगत अभावलाई कम गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा १३ जना महिला र ४८ जना पुरुष गरि ६१ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । बिहान ८ बजेदेखी दिउँसो १ बजेसम्म रक्त संचार सेवा केन्द्र धादिङको प्राङ्गणमा भएको थियो ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति नारायण तिमल्सीनाको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उप–प्रमुख  बिन्दा बरामु नेपाली, नीलकण्ठ नगरपालिका धादिङका उपमेयर मनराज भण्डारी, धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक जयन्ती थापा लगायतको आतिथ्य रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्