धादिङमा कोरोना संक्रमितको संख्या २ सय ८२ पुग्यो

धादिङका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का २१ वर्षिय महिला र बेनिघाट रोराङ गाउँपालिका वडा नं २ का १७ वर्षिय बालक,२६ र ३२ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय ८२ पुगेको छ । यसैगरी जिल्लाको १३ वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ८४ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ६३ जना र ज्वालामुखी गाउँपालिकामा ३६ जना रहेका छन् । 

यस्तै धुनीबेसी नगरपालिका १७ जना, गल्छि गाउँपालिकामा १६ जना, थाक्रे गाउँपालिकामा १५ जना, बेनिघाट रोराङमा १० जना, सिद्धलेक र नेत्रावती डबजोङमा ९÷९ जना, गजुरीमा ७ जना, खनियाबासमा र गंगाजमुना गाउँपालिकामा ४/४ जना, रुविभ्यालीमा २ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ६ गरी २ सय ८२ जना रहेको हेल्थ असिस्टेन्ट रिजालले बताउनुभयो ।

जम्मा संक्रमित मध्ये १ सय ९३ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ८९ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा कोरोना संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ ।

बुधबार थप २ जना संक्रमित डिस्चार्ज भएसँगै निको भएर घर फर्कने कुल सङ्ख्या १ सय ७४ पुगेको छ । हेल्थ असिस्टेन्ट रिजालका अनुसार जिल्लाका ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १३ जनाको रिपार्ट आउन बाँकी रहेको छ । धादिङमा अहिले होम र संस्थागत गरी १ सय ८ जना आईशोलेशनमा रहेका छन् भने ७ जना क्वारेन्टाईनमा रहेका छन् ।
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्