सामाजिक सेवा दिवसको अवसरमा फोकस नेपालद्धारा बृद्धबृद्धालाई सम्मान

४१ औँ सामाजिक सेवा दिवसको अवसरमा फोकस नेपालले सिद्धलेकका बृद्धबृद्धाहरुलाई सम्मान गरेको छ । मंगलबार धादिङको सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित फाकफुकका १० जना बृद्धबृद्धाहरुलाई सम्मान गरिएको हो ।

क्रिष्चीयन एड नेपालसँगको साझेदारीमा फोकस नेपालद्धारा सञ्चालित सम्पन्न रेजिलेन्ट नेपाल परियोजना अन्तरगत १० जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा,पौष्टिक आहार प्रदान गरी सम्मान गरिएको हो । कार्यक्रममा सिद्धलेक गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रामहरी बराकोटी, फोकस नेपालका कार्यक्रम संयोजक जिवन सिलवाल,संस्थाका कर्मचारीहरु लगाएतको सहभागिता रहेको थियो ।यसअघि फोकस नेपालले सिद्धलेक गाउँपालिकालाई कोरोना भाइरसको सम्भावित संक्रमण जोखिमलाई मध्यनजर गर्दै आइसोलेशन कक्ष निर्माणका लागि ८० वटा सर्जिकल बेड हस्तान्तरण गरीसकेको छ । त्यस्तै गाउँपालिकाका ७ सय १३ घर परिवारलाई राहत वितरण गर्नुका साथै गाउँपालिकालाई स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको थियो । गाउँपालीकामा फोकस नेपालले क्रिष्चीयन एडको साझेदारीमा सम्पन्न रेजिलेन्ट नेपाल परियोजना अन्तरगत बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यसैगरी ‘सामाजिक क्षेत्र : राष्ट्रिय गौरव’ आजको प्राथमिकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ ४१ औँ सामाजिक सेवा दिवस मनाइएको छ । समाज कल्याण परिषद्ले दिवसलाई सप्ताहव्यापी रुपमा मनाउने निर्णय भएको जनाएको छ । समाज सेवाको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुको अनुगमन, मुल्याकंन अनि सुपरिवेक्षण गर्दै आएको सरकारी संयन्त्र समाज कल्याण परिषद्ले विभिन्न सरकारी, गैरसरकारी अनि अन्य संस्थाहरुको उपस्थितिमा दिवस मनाउने गरेको छ । कोरोना महामारी तथा सङक्रमण जोखिमको यो बेला अप्ठ्यारोमा परेकालाई सहयोग तथा स्वास्थ्यकर्मीमाथि हुँदै आएका व्यवहार परिर्वतनमा जुट्न दिवस केन्द्रित गरिएको छ ।

२०३४ सालमा समाज कल्याण परिषद् स्थापना भएको दिन पारेर यो दिवस मनाउने गरिन्छ । समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई विकास निर्माणका कार्यहरूसँग जोडेर समाजका कमजोर तथा असहाय व्यक्ति, वर्ग र समुदायलाई जीवनयापन गर्न सक्षम बनाउन समाज कल्याण परिषद् गठन गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्