धादिङमा मोटरसाईकल दुर्घटना ३ घाइते

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित निगालपानीमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सल्यानटारबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ७३ प ७३९१ नम्बरको मोटरसाइकल र धादिङबेसीबाट सल्यानटार तर्फ जाँदै गरेको बा ६१ प २७९५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । 

दुर्घटनामा परी घाईते हुनेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मुलपानीका ३३ वर्षीय रमेश रम्तेल, त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका २२ वर्षीय चित्र गिरी र २८ वर्षीय नारायण गिरी घाइते भएका छन् ।

दुर्घटनामा बा ७३ प ७३९१ नम्बरको मोटरसाइकल चालक रमेश रम्तेलको अबस्था सामान्य छ भने अर्का बा ६१ प २७९५ नम्बरका चालक नारायण गिरी र चित्र गिरीको अबस्था गम्भिर रहेको धादिङ प्रहरीले जानकारी दिएको छ । घाईते तीनै जनाको अहिले जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्