सामाजिक सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

सामाजिक सेवा दिवसको अवसरमा धादिङको गजुरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार नेपाल रेडक्रस सोसाइटी पिडा उपशाखाको आयोजना सम्पन्न रक्तदान कार्यक्रममा १० जना महिला र ८० जना पुरुष गरि ९० जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोनाको कारणले देशभर रगतको चरम अभाव भएको हुँदा बिरामी तथा घाईतेहरुलाई सहज रुपमा रगत उपलब्ध गराउने उदेश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरीएको श्रेष्ठले बताउनुभयो । धादिङ रेडक्रसले स्वयमसेवि रक्तदाताहरुलाई आग्रह गर्दै विभिन्न दिवस,उत्सव र सभा कार्यक्रमहरुमा भौतिक दुरी कायम गरी रक्तदान कार्यक्रम सन्चालन गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्