काठको मुढाले च्यापेर एक पुरुषको मृत्यु

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ स्थित चारकिल्लामा काठको मुढाले च्यापेर एक जनाको मृत्यु भएको छ । शनिबार साँझ करिव ६ः३० बजे काठको मुढाले च्यापिएको अवस्थामा अन्दाजी ५० वर्षिय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृतक पुरुषको नाम थर भने खुलेको छैन । प्रहरीको अनसार ति पुरुष पृथ्वी राजमार्ग आसपासका स्थानमा ज्यामी काम गर्दै आएको पाईएको छ । काठको मुढा बोकेर ल्याउने क्रममा मुढाले नै थिचेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले रहेको छ ।

उक्त शवलाई पोस्टमार्टमको लागि टिचिङ्ग अस्पताल पठाईएको र घटना बारे थप अनुसन्धान भईरहेको धादिङ प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्