समुदायमा संक्रमण देखिएपछि नीलकण्ठ मा.वि असोज २४ सम्म बन्द अनलाइन कक्षा भने सञ्चालन हुने

धादिङको नीलकण्ठ नगरपालिका कार्यालय तथा जिल्ला अस्पतालका कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपश्चात आडैमा जोडिएको नीलकण्ठ माध्यमिक विद्यालय बन्द गरिएको छ । सेवाक्षेत्र भित्रका समुदायका साथसाथै विद्यालयको आडैमा रहेको नगरपालिका कार्यालयका २ कर्मचारीलाई समेत कोरोना भाइरसको संक्रमण देखिए पश्चात विद्यालयले आईतबार सूचना जारी गरी असोज २४ गते सम्मका लागि पठनपाठन बन्द गरेको हो ।

वैशाख अन्तिमबाट अनलाइन कक्षा सुरु गरेको नीलकण्ठ माध्यमिक विद्यालयले असोज पहिलो हप्ताबाट विद्यार्थीहरुलाई अलग अलग सिफ्ट बनाएर कक्षा सञ्चालन गरेको थियो । तर संक्रमण बढ्दै गएको र विद्यालय उच्च जोखिम क्षेत्र भित्र परेकाले एक हप्ताका लागि पठनपाठन स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुब अधिकारीले जानकारी दिनुभयो । नियमित कक्षा स्थगित भएपनि अनलाइन कक्षा भने सञ्चालन हुने प्रधानाध्यापक अधिकारीको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्