धादिङका थप ८ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४ सय ८० पुग्यो

धादिङका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको नीलकण्ठ नगरपालिकाका ३ जना, सिद्धलेक गाउँपालिकाका २ जना, खनियाबासका १ जना,त्रिपुरासुन्दरीका १ जना र गंगाजमुनाका १ जना गरी ८ जना रहेका छन् ।

थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नं २ की २५ बर्षिया महिला,वडा नं १४ का २४,२९ बर्षिय पुरुष,सिद्धलेक गाउँपालिका वडा नं ३ का ३० बर्षिय पुरुष,वडा नं १ का ४३ बर्षिय पुरुष,खनियाबास गाउँपालिका वडा नं ४ का ६२ बर्षिय पुरुष,त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का ३५ बर्षिय पुरुष र गंगाजमुना गाउँपालिका वडा नं ५ का ४० बर्षिया महिला रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ४ सय ८० पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्