गजुरी र धुनिबेसीमा घरदैलो कार्यक्रम

धादिङ,१६ बैशाख ।
नेकपा एमालेले स्थानीय निर्वाचनमा मतदाताहरुको घरघरमा पुगेर मत माग्ने क्रममा धादिङको गजुरी र धुनिबेसीमा स्थानीय कार्यकर्ताहरुले मतदाता भेटघाट गरिरहेका छन् ।

गजुरी गाउँपालिका वडा नम्बर ५ च्याङ्ली, पिडागाउँमा मतदाता भेटघाट सुरु गरेका छन् । वडा अध्यक्षका उम्मेदवार रामचन्द्र मिजारको सहभागितामा मतदाता भेटघाट गर्नुभएको हो ।

यसैगरि गजुरी गाउँपालिका वडा नम्बर १ भदौरे, आदमारा, कोटगाउँ, सुन्दरगाउँ, केउरेनीमा मतदाता भेटघाट गरिरहेको छ । वडा अध्यक्ष उम्मेदवार राजकुमार पंडितको उपस्थीतीमा घरदैलो अभियान संचालन भइरहेको गजुरीबाट भुवन भण्डारीले जानकारी दिनुभयो ।
यसैगरि धुनीबेसी नगरपालिका स्थित खानीखोलामा आज घरदैलो अभियान संचालन गरिएको छ ।

घरदैलोमा खानीगाउँ, लामाथोक, भण्डारथोक, गैराघर, कमर गाउँमा घरदैलो संचालन गरिएको खानीखोलाबाट बासु श्रेष्ठले जानकारी दिनुभयो।गाउँगाउँ पुगेका एमाले उम्मेदवारहरुलाई नगरपालिका बासीले समृद्ध नगरपालिका बनाउन र विकासमा लाग्न आग्रह गरेका छन् ।
नगरपालिका प्रमुख उम्मेदवार रामराजा पाण्डे र उपप्रमुख उम्मेदवार मन्दिरा श्रेष्ठ समेतको सहभागितामा घरदैलो संचालन भइरहेको छ । घरदैलोमा सहभागिहरुले पार्टीको झण्डा बोकेर गाउँगाउँ पुगेका छन् ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्