देशभर संक्रमित सङ्ख्या ८९ हजार २ सय ६३ पुग्यो, २४ सय ४० थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बताउनुभयो ।

हिजो आईतबार २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ११ सय ३३ जना डिस्चार्ज भएसँगै ६५ हजार २ सय २ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

देशभर २४ घण्टामा १३ हजार ७ सय ८१ जनाको पीसिआर परिक्षण गरिएको डा।गौतमले बताउनुभयो । अहिले देशभर २३ हजार ५ सय ७ सक्रिय संक्रमित रहेका छन भने ४ हजार ३३ जना क्वारेन्टाईनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्