नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५ सय ५४ पुग्यो

नेपालमा कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टाभित्र थप १९ जनाको मृत्यु भएको छ । आज पर्साकी ६५ वर्षिया महिला,काठमाडौँकी ७६,८१,८३ र गोरखाकी ४५ वर्षिया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सुनसरीका ५५ बर्षिय पुरुष,सर्लाहीका ४२,६९,काठमाडौँका २६,६५,६७,७८,८१,९१,ललितपुरका ३ बर्षिय बालक,५५,७१ बर्षिय पुरुष, चितवनका ६२ र नवलपरासी पूर्वका ३६ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा ५ जना महिला र १४ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्