धादिङका थप ९ जनालाई कोरोना संक्रमण

धादिङका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितहरुमा थाक्रे गाउँपालिका वडा नं ६ का २४ बर्षिया महिला, ४१ बर्षिय पुरुष, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ का ३१ र ५२ बर्षिय पुरुष, नेत्रावती डवजोङ गाउँपालिका वडा नं १ का २७ बर्षिय पुरुष पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

यस्तै सिद्धलेक गाउँपालिकाका ३१ बर्षिय पुरुष, गल्छि गाउँपालिका वडा नं ६ का ३३ बर्षिय पुरुष, धुनीबेशी नगरपालिका वडा नं ६ का ६० बर्षिय पुरुष र वडा नं ८ की ४२ बर्षिया महिला रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ४ सय ८९ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्