नेत्रावतीको बेतिनीमा स्वराज ट्रक दुर्घटना : दुईको मृत्यु ,एक घाईते

धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नं ५ स्थित बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा ट्रक चालक गंगाजमुना गाउँपालिका वडा नम्बर ३ का २७ वर्षिय बेगबहादु तामाङ र नेत्रावती डवजोङ गाउँपालिका वडा नं ४ का ६६ वर्षिय दल बहादुर तामाङ रहेको गाउँपालिकाका सूचना अधिकारी कृष्णबद्री पौडेलले जानकारी दिनुभयो ।

मंगलबार लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज ट्रक सडकबाट करिव ४ सय मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।दुर्घटनामा परि गम्भिर घाईते भएका २ जनाको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै दुर्घटनामा घाईते भएका नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर २ का ५८ वर्षिय राम बहादुर तामाङलाई धादिङ अस्पतालमा सामान्य उपचार पश्चात काठमाडौं रिफर गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

घाईते तामाङलाई गाउँपालिकाको खर्चमा हेलिकप्टर चार्टड गरी उपचारको लागी ट्रमा सेन्टर पठाईएको गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत श्यामकृष्ण पौडेलले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्