नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुग्यो, १५ सय ५१ थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

हिजो सोमबार २४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र २ हजार ३ सय ४० जना डिस्चार्ज भएसँगै ६७ हजार ५ सय ४२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

देशभर २४ घण्टामा ११ हजार ४७ जनाको पीसिआर परिक्षण गरिएको डा.गौतमले बताउनुभयो । अहिले देशभर २२ हजार ७ सय ९ सक्रिय संक्रमित रहेका छन भने ४ हजार २ सय २१ जना क्वारेन्टाईनमा रहेका छन् ।
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्