धादिङमा मंगलबार थपिए ७ जना कोरोना संक्रमित

धादिङका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नं ३ की ३० बर्षिया महिला, थाक्रे गाउँपालिका वडा नं १ का ३८ बर्षिय पुरुष,वडा नं ११ का ३७ बर्षिय पुरुष, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ का १९ बर्षिय पुरुष,वडा नं ७ का ३४ बर्षिय पुरुष,१४ बर्षिया बलिका र ३५ बर्षिया महिला रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ४ सय ९६ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्